पाेखराकाे लेकसाइमा तेस्राे तीज सांस्कृतिक महोत्सव हुने

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले तेस्रो तीज सांस्कृतिक महोत्सव भदौ १० र ११ गते पोखराको वाराहीघाट, लेकसाइडमा आयोजना गर्ने भएको छ। ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवर्द्धनमा योगदान पुर्याऔं’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको बुधबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिईएकाे छ ।
महोत्सवमा तीज गीत प्रतियोगिता, नृत्य, रस्साकसी, साडी दौड, घैटो फुटाउने, महाेत्सवमा रङ र सिर्जनात्मकताको संगम मेहेन्दी जोन, साथै प्रेरणादायी महिलाहरूको जीवनयात्रा र सामाजिक परिवर्तनका कथाहरू समेटिने महिला सशक्तिकरण टक शाे लगायतका सिर्जनशील कार्यक्रम रहने संस्थाका निवर्तमान अध्यक्ष कमला गिरीले जानकारी दिईन् ।
तीज गीत प्रतियाेगितामा प्रथम, द्वितिय, तृतिय पुरस्कार क्रमश: ३५, हजार, २५ हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियाेगितामा दशवटा समुहलाई सान्तवना पुरस्कार स्वरुप रु. ४/४ हजार प्रदान गरिनेछ ।अन्य प्रतियाेगिताका विजेताहरूलाई आकर्षक पुरस्कार राशी प्रदान गरिने टेवानले जनाएको छ।
अध्यक्ष शाेभा पाण्डेले महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सांस्कृतिक पहिचान उजागर गर्ने अनुपम अवसरका रूपमा लिने उल्लेख गरिन्। महाेत्सवमा यसपटक १० हजारभन्दा बढी दर्शक सहभागी हुने अनुमान गरिएको छ।

महासचिव शान्ता सुवेदी तिमिल्सिनाले तीज महोत्सवले महिलाको क्षमता अभिवृद्धि, सामाजिक सहभागिता तथा सशक्तीकरणमा ठोस योगदान दिने विश्वास व्यक्त गरिन्। उनले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन महोत्सव महत्वपूर्ण कडी बन्ने धारणा राखिन्।
टेवानका सचिव तथा कार्यक्रम संयाेजक शान्ता सुवेदी तिमिल्सिनाले यस वर्ष महिलाले खुला चौरमै तीज गीत गाउने परम्परा पुनर्जीवित गर्ने विशेष प्रयास हुनेबताईन्। उनले महोत्सवले गण्डकी प्रदेशका ११ वटै जिल्लालाई समेट्ने र सांस्कृतिक सम्पदा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उल्लेख गरिन् ।
कार्यक्रममा पाेखरा वडा नं. ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले टेवानका कार्यक्रममा सधैं मसहकार्य गर्ने बताए । उनले चाैंथाें संस्करणकाे तीज सांस्कृतिक कार्यक्रममा वडा नं. ६ काे तर्फबाट छुट्टै बजेट विनियाेजन गर्ने प्रतिवद्वता जनाए ।
कार्यक्रमममा पाेखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन परिषदका प्रमुखमणि लामिछाने, टेवानका सल्लाहाकार तथा पर्यटज व्यवसायी गणेशबहादुर भट्टराई लगायतले बाेलकका थिए ।
गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को सहयोगमा महोत्सव सम्पन्न हुने टेवानले जनाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19342, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:३११० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:२४लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण








