अब मुलुकमा आर्थिक परिर्वतन जरुरी छः पुर्व राष्ट्रपति यादव

पश्चिम नवलपरासी-पुर्व राष्ट्रपति डा.रामबरण यादवले मुलुकमा महत्वपूर्ण राजनैतिक उपलब्धि हासिल भइसकेकाले अब आर्थिक परिर्वतनको आवश्यकता रहेको बताउनुभएको छ ।
आज पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिकामा निर्मित विपि कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले नयाँ संविधान जारी भएसँगै मुलुकले महत्वपूर्ण उपलब्धि हासिल गरेकाले अब आर्थिक क्रान्तिको आवश्यकता रहेको बताउनुभयो ।
सबै वर्ग जातजाति, भाषा, धर्मलाई अहिलेको संविधानले समेटेको उल्लेख गर्दे उहाँले संविधानको कार्यान्व्यनको पाटो भने पेचिलो बन्दै गएको बताउनुभयो ।
दलहरुले संविधानको पुर्ण कार्यान्वयनका लागी भुमिका खेल्नुपर्नेमा जोड दिनुहुँदै पुर्व राष्ट्रपति यादवले जनताले त्यसलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । ‘जनताले वाचडगको रुपमा काम गर्नुपर्छ, दलहरुले बाटो विराउन सक्छन् खबरदारी निरन्तर जरुरी छ यादवले भन्नुभयो ।’
फरक प्रसंगमा पुर्व राष्ट्रपति यादवले अहिले चुरे क्षेत्र दोहन भइरहेको बताउँदै त्यस्को नियन्त्रण गर्न नसके अन्नभण्डार तराईको भुमि मरुभूमिका परिणत हुने चिन्ता व्यक्त गर्नुभयो । ‘सरकारले चुरे क्षेत्र संरक्षणमा प्रभावकारी काम गर्न सकेको छैन् यादवले भन्नुभयो, अब चुरे दोहन रोकिएन् भने तराई मरुभूमिका परिणत हुन्छ ।’
पछिल्लो समय मुलुक भित्र उत्पादन घटेर विदेश बाट आयात वृद्धि भएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । विगतमा विदेश समान निर्यात गर्ने मुलुक अहिले हरेक कुरा आयातमा निर्भर भएको बताउदै उहाँले नेपाली जनतामा काम गर्ने प्रवृत्ति हराउदै जानु सुखद संकेत नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
शालिक अनवारणपछि आयोजित कार्यक्रममा बोल्दै काग्रेल लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्राप्त उपलब्धि संस्थागत गर्न दलहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । महामन्त्री विक्रम खनालले दलहरुले आ–आफ्नो एजेन्डाको साथ राजनिति गरेपनि राष्ट्रका मुलुभुत एजेन्डामा एक साथ रहदै आएको उल्लेख गर्नुभयो । नेकपा माओवादी केन्द्रकि केन्द्रिय सदस्य दुलारी हरिजनले मुलुकमा परिर्वतन आएपनि महिलालाई हेर्ने दृष्टिकोणमा अझै परिर्वतन आउन नसकेको उल्लेख गर्नुभयो ।
प्रतापपुर गाउँपालिकाले सुर्यपुरामा १० लाखको लगानीमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपि कोईरालाको अर्धकदको शालिक निर्माण गरेको गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभयो ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ कार्तिक १, शुक्रबार ०७:५८अपराजित नेपाल उपाधि नजिक, आज सामोआसँग खेल्दै
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक १, शुक्रबार ०७:१३औषधि नपाएको बिरामीको गुनासो « रिपोर्टर्स नेपाल
समाचार२०८२ आश्विन ३०, बिहीबार २०:१०जेन-जीमा गुटैगुट, अन्योलमा दल, अलमलमा सरकार
समाचार२०८२ आश्विन ३०, बिहीबार १७:४६सहकारी पीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल