बि १३ युकेको मृगौला पीडितलाई सहयोग

पोखरा । वि १३ युकेले फुटबल प्रतियोगिताबाट उठेको रकम मृगौला पीडितलाई सहयोग गरेको छ । पोखरा १३ बाझापाटनको युके स्थिति क्लबले क्षेत्र बहादुर विकलाई ३५ हजार रुपैयाँ सहयोग गरेको हो ।
युकेमा संकलन भएको रकम बुधबार बाझापाटनका मृगौला पीडित विकलाई सहयोग गरेको वि१३ क्लबका अध्यक्ष हिकमत गुरुङले जानकारी दिए ।
रोजगारको शिलशिलामा युकेमा रहेर आफ्नो ठाउँलाई सहयोग गर्ने बि १३ परिवारलाई उनले धन्यवाद दिए । ‘उहाँहरु रोजगारको लागि विदेशीएपनि आफ्नो क्लबलाई माया गरेर सामाजिक कार्य गर्नु निकै राम्रो काम हो’ उनले भने, ‘हामीले पनि पोखरामा खेलकुद देखी सामाजिक गतिविधि गर्दै आउँदा बि १३ युकेले हरेक पटक सहयोग गर्दै आइरहेको छ ।’
वि १३ युकेले अगष्ट २ मा युकेले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा नवौं संस्करणको फुटबल प्रतियोगिताको आयोजना गरेको हो । हाम्रो मोर्गेजेज्स र रेड प्रोट एकाउन्टीङको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको उपाधि झापा फुटबल क्लबले जितेको थियो ।
वासिङकोट युथ नेप्लिज कम्युनिटी दोस्रो भएको थियो । खुला तर्फ २० टिमको सहभागिता रहेको थियो । यस्तै भेट्रान्स तर्फ धरान ११ पहिलो हुँदा प्लुमेस्टेड भिइटीले दोस्रो स्थान हासिल गरेको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19393, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २३, शनिबार १२:०२संसद पुर्नस्थापना हुनुपर्छ , यथास्थितिमा निर्वाचन सम्भव छैन : नेता अधिकारी
समाचार२०८२ कार्तिक २२, शुक्रबार १५:४४प्रतिभा माविमा सिपिएस कार्यान्वयन पूरा, शिक्षिकाहरू सम्मानित
समाचार२०८२ कार्तिक २०, बुधबार १९:५७अर्थमन्त्री र भूमि व्यवस्थामन्त्रीसँग पोउवा संघको प्रतिनिधिमण्डलको भेटघाट
समाचार२०८२ कार्तिक १९, मंगलवार १९:१५पोखराको न्युरोडमा दुवै साइड पार्किङ हुनुपर्ने माग गर्दै व्यवसायीको ध्यानाकर्षण







