“अभिनयको वास्तविक पहिचान अभिमन्युले गरायो” कामेश्वर चौरासिया

काठमाडौँ । अभिनेता कामेश्वर चौरासियाले चलचित्र ‘अभिमन्यु च्याप्टर १’ लाई आफ्नो अभिनय यात्राको मोड भएको बताएका छन् । पौराणिक पात्र अभिमन्यु जस्तो वीर पुरुष नभए पनि आफूलाई त्यसकै आत्मा महसुस भएको उनले बताएका छन्।
लामो समयदेखि प्रमुख भूमिकामा नदेखिएका उनले भने, “सायद म यस्तै फिल्मकै प्रतीक्षामा थिएँ। यो मेरो अभिनय क्षमताको परिक्षा हो।”
चौरासिया यसअघि कमेडी भूमिकामै बढी देखिँदै आएका थिए । तर, ‘अभिमन्यु’ले उनलाई नयाँ ढंगमा प्रस्तुत गरेको अनुभव उनले बाँडे । “कमेडी मात्र होइन, म गम्भीर भूमिकामा पनि उत्रिन सक्छु भन्ने प्रमाण दिन पाएको छु,” उनी भन्छन्।
फिल्ममा उनले मधेसी चरित्रको मुख्य भूमिका निर्वाह गरेका छन् । आफू पहिले चक्रव्यूहमै अल्झिएको महसुस भएको तर अहिले मात्र त्यसबाट बाहिरिएको भन्दै उनले थपे, “ममा कमजोरी र अज्ञानता थिए होला, तर अहंकार कहिल्यै थिएन। अवसर पाउने बेला हरेक कलाकारलाई आउँछ, अहिले त्यो घडी मेरो लागि आएको छ।”
‘अभिमन्यु’ पैसाको प्रलोभनमा फसेर चक्रव्यूहबाट निस्कन खोज्ने पात्रको कथा हो। फिल्ममा कामेश्वरसँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतका कलाकारहरूको अभिनय छ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यस चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। लेखन मुकेश खनालको हो भने निर्माण जिम्मा विनोद पौडेल र गुञ्जन गिरीले लिएका छन्। सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन्। कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन्। चलचित्रको छायांकन शरद महतोले गरेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १०:०४प्रदर्शनको संघारमा ‘पार्वती’ : प्रिमियरमा भावुक बने दर्शक
समाचार२०८३ भाद्र ९, मंगलवार २०:३८प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १९:२९निखिल उप्रेतीको ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १८:५३छायांकन सुरु भएसँगै ६ देशमा बिक्री भयो ‘यानीमाया’को प्रदर्शन अधिकार









