काठमाडौंस्थित एक स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ९ अनुसार कारबाही गरिएको प्रमुख झाको भनाइ छ ।
महानगरले बजारलाई थप व्यवस्थित पार्न गत साउनमा अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । विगतका वर्षमा चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्ने महानगरले यसवर्षदेखि केही समय अघिदेखि नै अनुगमन सुरु गरेको हो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’