उत्कृष्ट नतिजा हासिल गर्ने गरी काम गर्न मन्त्री गुरुङको आग्रह

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सकारात्मक परिवर्तनका लागि अग्रसर हुन सबैलाई आग्रह गर्नुभएको छ।
मन्त्री गुरुङको उपस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्रालयका सचिव राधिका अर्याल र सार्वजनिक सेवा प्रसारण पिएसवी नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टबीच भएको कार्यसम्पादन सम्झौताको अवसरमा मन्त्री गुरुङले चालु आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्ने गरी कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।
कार्यसम्पादन सम्झौता कसैलाई देखाउनका लागि भन्दा पनि परिणाममूखी बनाउन गरिने भन्दै मन्त्री गुरुङले निश्चित योजना र साझा लक्ष्यका साथ काम भयो भने परिणाम पनि निश्चित हुने बताउनुभयो ।
त्यसअवसरमा सञ्चार मन्त्रालयका सचिव अर्यालले चालु आर्थिक बर्षमा गरिने मुख्य काम र हासिल गर्नुपर्ने उपलब्धिका लागि पिएसवी नेपालका अध्यक्ष डा विष्टसंग कार्यसम्पादन सम्झौता गर्नुभयो ।
त्यसबखत सचिव अर्यालले सम्झौतामा तोकिएका कामहरुलाई प्राथमिकता दिनुपर्ने भन्दै संस्थागत हीतमा हुने अन्य योजनाहरु अघि बढाउन पनि सुझाव दिनुभयो ।
पिएसवी नेपालका अध्यक्ष डा विष्टले एनटिभी वर्ल्ड सञ्चालन गर्ने कामबाटै कार्यसम्पादन सम्झौताको मर्म अनुरुप काम शुरु भइसकेको भन्दै प्रशासनिक, प्रविधिगत र विषयवस्तु तीनै तहमा नतिजामूखी भइ अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
चालु आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न मन्त्रालयले र मातहतका निकायका प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्ने गरेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक









