हिजोदेखि मनाए चेपाङ समुदायका मानिसहरूले न्वागी पर्व

हिजोदेखि मनाए चेपाङ समुदायका मानिसहरूले न्वागी पर्व

धादिङ –  प्रकृति पूजक र भुमीपुत्र  मानिने अल्पसंखेक अति सीमान्तकृत चेपाङ समुदायका मानिसहरूले धादिङमा सामूहिक रूपमा भेला भई न्वागी पर्व मनाएका छन् । चेपाङ समुदायका मानिसहरूले नयाँ अन्न बाली भित्र्याए पछि पितृ र भूमिको  पूजा गरी खाने चलन अनुसार चेपाङ्गहरुले भदौ महिनामा न्वागी पर्व मनाउने चलन रही आएको छ । यसले लोप हुँदै गएको चेपाङ समुदायका भाषा,संस्कृति र संस्कारहरू बचाउनका लागी पनि यो पर्वलाई विशेष रूपमा मनाउन सुरु गरेको जानकारहरूको भनाई छ ।

न्वागी पर्व मनाए पछि चेपाङ समुदायमा नयाँ वर्षको समेत सुरुवात भएको मान्ने  चलन रहेको छ ।
यस पटक भने बेनीघाट रोराङ्ग गाउँपालिका ८  स्थित विधाङमा यो पर्वलाई जिल्लाभरका चेपाङ्गहरु भेला भई सामूहिक मनाएका हुन् ।
यो पर्वमा चेपाङ समुदायका मानिसहरूले दिवङ्गत भएका पितृको पूजा गर्ने  र अन्न फलाउने भूमिलाई  खुसी पार्ने प्रचलन रहेको चेपाङ समुदायका जानकारहरू बत्ताउँछन् ।

यससँगै फलेका नयाँ अन्नबाली पाकेपछि पितृलाई नबुझाई खाँदा पितृ रिसाउने, अनिष्ट हुने जनविश्वास सो समुदायका मानिसहरूमा रहेको छ ।

चेपाङ झाँक्रीहरूले गएरातीदेखी रातभर फलाकेर पितृ बुझाउने र वर्ष भरी लगाएको नयाँ अन्नबाली फलफूल पितृलाई चढाउने चलन सो समुदायमा रही आएको हो ।

नेपालका अल्पसंखेक अति सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ ।

रातभरि  ढ्याङ्ग्रो बजाउँदै पितृ पूजा गर्ने भूमिको पूजा गर्ने नयाँ अन्न बाली भोली पल्ट देखी खाने चलन सो समुदायका मानिसहरुकमा रही आएको  छ ।
यो पर्व चेपाङ अर्थात् प्रजा समुदायको राष्ट्रिय पर्व हो भने यसलार्ई ‘छो नाम’ पनि भन्ने गरिन्छ ।

पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वको रूपमा परिचित यो पर्वमा आफ्ना कुलभरिका मानिसहरू  मूल झाँक्रीको घरमा जम्मा भएर रातभर जागाराम बसी आफूले बारीमा फलाएको अन्न बाली पितृ र देवीदेवतालाई चढाउने गर्दछन् । झाँक्रीले मन्त्र भन्दै फलाक्ने र ढ्याङ्ग्रो बजाउँदै पूजा गर्ने गर्दछ ।

न्वागी पर्वमा विशेष गरी आफ्नो बारीमा उत्पादन भएको घैया धान, गाभा, निबुवा, घिरौँलाका साथै जङ्गली कन्दमूल गिठा भ्याकुर लगायत अन्य  तरकारी पितृलाई चढाउने गर्दछ ।

यसका लागि चेपाङ झाँक्री (पान्दे)हरुले एक पाखे ढ्याङ्ग्रो बजाउँदै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ ।
रातभरिको पूजा पाठ सकिए पछि उनीहरूले भोलीपल्ट भने आफ्न्तहरुसंगको भेटघाट र जमघट गरी शुभकामना आदान प्रदान समेत गर्ने गर्दछ, भने राम्रो लगाउने मिठो खाने दिनको सुरुवात पनि न्वागी पर्वबाटै हुने विश्वास चेपाङ समुदायमा रही आएको छ ।
जिल्लाभर यो समुदायका मानिसहरूको सङ्ख्या२१ हजार मात्रै रहेका छन् । ती मध्य सबै भन्दा धेरै बेनीघाट रोराङ्ग गाउँपालिकामा १६ हजार रहेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   9   =  

Protected by Spam Master