गृहमन्त्री लेखककाे राजीनामा

गृहमन्त्री लेखककाे राजीनामा

काठमाडौं। जेनजी पुस्ताको प्रदर्शनमा कम्तीमा १९ जनाको ज्यान गएको घटनापछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामा दिन दबाब बढेको छ। पार्टीभित्र र बाहिर दुवैतर्फको दबाबपछि उनले अन्ततः पद त्याग गर्न तयार भएका छन्।

नेपाली कांग्रेसका नेताहरूले लेखकलाई नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिन सुझाव दिएका छन्। बैठकमा सामाजिक सञ्जाल बन्द गर्ने विवादित निर्णय र सुरक्षा व्यवस्थापनमा कमजोरीबारे पनि छलफल भएको थियो।

आजको घटनापछि पार्टीभित्र सरकारविरुद्ध दबाब थप बढेको र सामाजिक सञ्जालमा प्रधानमन्त्री तथा गृहमन्त्रीप्रति आक्रोश व्यक्त भएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19477, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   2   =  

Protected by Spam Master