हेमजास्थित विष्णुपादुका मन्दिरमा दुर्गा पूजा तयारीका लागि आमभेला सम्पन्न

पाेखरा । पाेखरा २५- हेमजास्थित विष्णुपादुका (माईस्थान) मन्दिरमा विजया दशमी–२०८२ को दुर्गा पूजा तयारीका लागि आम भेला सम्पन्न भएको छ।
विष्णुपादुका धार्मिक क्षेत्र विकास समितिको आयोजनामा सम्पन्न भेलाले नवौं दिनसम्म विराट ज्ञान महायज्ञ तथा देवीभागवत् महापुराण कथा वाचन गर्ने निर्णय गरेको छ। यस क्रममा महापूजा सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरी संयोजकहरू तोकिएको समितिले जनाएको छ।

भेलाले गरेकाे निर्णयअनुसार आर्थिक उपसमितिको संयोजक देव कृष्ण पौडेललाई जिम्मेवारी दिइएको छ भने पूजा व्यवस्थापन उपसमितिको संयोजक नर बहादुर सापकोटा रहने छन्। प्रसाद व्यवस्थापन उपसमिति बुद्ध देवी कुँवरको नेतृत्वमा गठन भएको छ।
त्यस्तै, सरसफाइ उपसमितिको संयोजक विष्णु कुमारी श्रेष्ठ तोकिएकी छन् भने भान्सा व्यवस्थापनको जिम्मेवारी वीर बहादुर भण्डारीले पाउने भएका छन्। सांस्कृतिक उपसमितिको संयोजकमा रामचन्द्र दाहाल तोकिएका छन्।
आमा समूह परिचालन उपसमितिको नेतृत्व अप्सरा तिम्सिना र रमा त्रिपाठीले गर्ने भएका छन्। प्रचारप्रसार उपसमिति र शान्ति सुरक्षा व्यवस्थापन उपसमितिको संयोजक कृष्णमान श्रेष्ठलाई तोकिएको समितिले जनाएको छ।

भेलाले आगामी असोज ६ गते विशेष शोभायात्रा निकाल्ने निर्णयसमेत गरेको छ। यस आयोजनाले धार्मिक एवं सांस्कृतिक महत्वलाई थप सशक्त बनाउन योगदान पुर्याउने विश्वास आयोजकले गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19562, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २७, शनिबार १२:४८कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार मीना थापामगर सम्मानित
समाचार२०८३ असार २७, शनिबार ०६:३९पत्रकार हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने
समाचार२०८३ असार २२, सोमबार ०८:१२फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदुर्शन रञ्जितद्वार ६३ हजार प्रदान
समाचार२०८३ असार २१, आईतवार २०:४६टान गण्डकीद्वारा पर्यटनमन्त्री पौडेलको ध्यानाकर्षण, नयाँ पदमार्ग र टिम्स अनिवार्य कार्यान्वयनको माग







