सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन सहमति, तर संसद् विघटनमा विवाद

काठमाडौं । जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई चुनावी सरकार प्रमुख बनाउन परम्परागत दल र जेनजी प्रतिनिधि सहमत देखिएका छन् । यससँगै नेपालले पहिलो पटक महिला सरकार प्रमुख पाउने सम्भावना प्रबल भएको छ ।
तर संसद् विघटन गर्ने वा नगर्ने विषयमा मत नमिलेपछि बिहीबार राति शितलनिवासमा भएको वार्ता निष्कर्षविहीन भयो । जेनजी पक्ष संसद् विघटनको अडानमा रहँदा पुराना दल र राष्ट्रपति रामचन्द्र पौडेल संसद्बाटै समाधान खोज्नुपर्ने धारणा राखेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार शुक्रबार बिहान पुनः छलफल गर्ने तय भएको छ । यसअघि नेपाली सेनामार्फत जेनजी प्रतिनिधिले अन्तरिम सरकार प्रमुखका लागि कार्कीको नाम अघि सारेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19559, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २४, आईतवार १६:०३संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति र समृद्धिको जागरण कार्यक्रम सम्पन्न
समाचार२०८२ कार्तिक २४, आईतवार १६:०३माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा अन्तरक्रिया, दृष्टिविहीन क्रिकेटर विनितालाई सम्मान
समाचार२०८२ कार्तिक २३, शनिबार १२:०२संसद पुर्नस्थापना हुनुपर्छ , यथास्थितिमा निर्वाचन सम्भव छैन : नेता अधिकारी
समाचार२०८२ कार्तिक २२, शुक्रबार १५:४४प्रतिभा माविमा सिपिएस कार्यान्वयन पूरा, शिक्षिकाहरू सम्मानित








