दक्षिण सुडानमा भ्रष्टाचार संस्थागत भएको प्रति राष्ट्रसंघको चिन्ता

दक्षिण सुडान स्वतन्त्र भएपछि त्याहाँ भ्रष्टाचार संस्थागत भएको राष्ट्रसंघले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।देश स्वतन्त्र भएपछि तेलबाट कमाएको २५ दशमलव २ अर्ब अमेरिकी डलरमध्ये अर्बौं डलर सत्ताधारीहरुले अपचलन गरेको खुलासा भएको छ ।
दुरुपयोग भएका रकम मध्ये अधिकांस रकम व्यक्तिगत लाभ र राजनीतिक सञ्जालमा दुरूपयोग भएको राष्ट्रसंघले उल्लेख गरेको छ । स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा खर्च हुनु पर्ने रकम दुरुपयोग भएको राष्ट्रसंघले जनाएको छ।
सन् २०२१ देखि २०२४ बीचमा छुट्याइएको २.२ अर्ब डलरमध्ये १.७ अर्ब डलरको हिसाब नरहेको एएफपीले जनाएको छ ।यो रकम उपराष्ट्रपति एवम् सम्भावित राष्ट्रपतिका उत्तराधिकारी बेन्जामिन बोल मेलको स्वामित्वमा रहेका निर्माण कम्पनीमार्फत खर्च भएको रिपोर्टमा उल्लेख छ ।
उनी हालै मात्र राष्ट्रिय सुरक्षा सेवाको जनरल पदमा बढुवा भएका छन् ।
यता सुडान सरकारले भने राष्ट्रसंघले सार्वजनिक गरेको रिपोर्टलाई एकपक्षिय भन्दै अस्वीकार गरेकोछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार १६:४७काठमाडौँबाट ७ लाख ५० हजारभन्दा बढी मानिस बाहिरिए
समाचार२०८२ फाल्गुन १९, मंगलवार १४:०९राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा







