सञ्चार माध्यमको अनुगमन प्रभावकारी गराउन काउन्सिलले तोक्यो ‘फोकल पर्सन’

काठमाडौँ ।
प्रेस काउन्सिल नेपालले रेडियो/टेलिभिजन, छापा र अनलाइन सञ्चार माध्यममा आचारसंहिता अनुगमन प्रभावकारी बनाउन फोकल पर्सन नै तोकेको छ । शुक्रबार काउन्सिल सदस्य बालकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बोर्ड बैठकले तीन जना सदस्यलाई विशेष जिम्मेवारी दिँदै आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउन फोकल पर्सन तोकेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा टेलिभिजन/एफएम रेडियोतर्फ सदस्य नकुल अर्याल, छापातर्फ पदम राज जोशी र अनलाइनतर्फ शन्तराम बिडारीलाई फोकल पर्सन तोकिएको जनाइएको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउन देहायानुसारका सदस्यहरूलाई ‘फोकल पर्सन’ का रूपमा तोक्ने र आचारसंहिता प्रतिकूल घटनाका सम्बन्धमा जुनसुकै बखत सम्पर्क गरी उजुरी वा गुनासा राख्न आम जनमानसमा आग्रह गर्ने ।’
यस्तै बैठकले पछिल्लो एक महिना अर्थात् २०८२ भदौ ५ देखि असोज ५ सम्म आमसञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी प्रतिवेदन तयार गर्न सदस्य बालकृष्ण अधिकारीको संयोजकत्वमा विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ । सातै प्रदेशमा पत्रकार आचारसंहिता, मिडिया अनुगमन तथा श्रमजीवी पत्रकार र मिडियाको अवस्था सम्बन्धमा अन्तरक्रिया गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलले यसअघि काठमाडौँ उपत्यकाका ६ वटा टेलिभिजनमा पत्रकार आचारसंहिता, श्रमजीवी पत्रकार र तत् तत् माध्यमको अवस्थाबारे गरेको स्थलगत नमुना अनुगमन प्रतिवेदनका आधारमा विभिन्न छापा माध्यम, एफएम रेडियो र अनलाइन माध्यमको पनि स्थलगत अनुगमन गर्ने भएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/10/10/10117/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म
समाचार२०८३ भाद्र ६, शनिबार २०:२५फेज–टु यात्रामा सल्युट गोर्खाका १०७ प्रशिक्षार्थी, बिदाइसँगै सफलताकाे शुभकामना
समाचार२०८३ भाद्र ५, शुक्रबार १०:४१पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी
समाचार२०८३ भाद्र ४, बिहीबार १९:०६पोखरामा भदौ २० गते ‘ओशो मेगा क्याम्प’ आयोजना हुँदै







