पोखरामा भदौ २० गते ‘ओशो मेगा क्याम्प’ आयोजना हुँदै

पोखरा । ओशो उपवनको आयोजनामा आगामी भदौ २० गते शनिबार पोखरामा एकदिने ‘ओशो मेगा क्याम्प’ आयोजना हुने भएको छ।
पोखराको पर्स्याङस्थित ताजमहल इभेन्ट सेन्टर (ताजमहल बैंक्वेट)मा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने क्याम्पमा ध्यान, सत्संग र उत्सवलाई मुख्य विषय बनाइएको आयोजकले जनाएको छ।
क्याम्पमा प्रख्यात ध्यान गुरु तथा बोधिसत्त्व स्वामी आनन्द अरुणको विशेष सान्निध्य रहनेछ। सहभागीले ध्यानका विभिन्न विधि, आत्मपरिवर्तनका अभ्यास तथा जीवन व्यवस्थापनसम्बन्धी सूत्रबारे जानकारी लिनुका साथै उत्सवमय वातावरणको अनुभव गर्न पाउनेछन्।
बढ्दो तनाव, चिन्ता, मानसिक दबाब र व्यस्त जीवनशैलीका बीच मानिसलाई आन्तरिक शान्ति, आनन्द र सन्तुलित जीवनतर्फ प्रेरित गर्ने उद्देश्यले क्याम्प आयोजना गर्न लागिएको ओशो उपवनले जनाएको छ।
आयोजकले पोखरा तथा आसपासका क्षेत्रका इच्छुक व्यक्तिलाई क्याम्पमा सहभागी हुन आग्रह गरेको छ। कार्यक्रम तथा दर्तासम्बन्धी थप जानकारीका लागि ९८४०६०००५६ मा सम्पर्क गर्न सकिनेछ।
ओशो उपवनले क्याम्पलाई ‘ध्यान, सत्संग र उत्सवको संगम’का रूपमा प्रस्तुत गर्दै जीवनमा नयाँ ऊर्जा र दृष्टिकोण प्राप्त गर्न सहभागीलाई आह्वान गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22371, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन







