विकास बोर्डले गर्यो १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण

विकास बोर्डले गर्यो १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण

काठमाडौँ। चलचित्र विकास बोर्डले १७८ जना चलचित्रकर्मीलाई आधिकारिक परिचयपत्र वितरण गरेको छ। दुइ दशक भन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका ती कलाकार, प्राविधिक र अन्य पेशाका व्यक्तिहरूलाई शुक्रबार विशेष समारोहका बीच परिचयपत्र प्रदान गरिएको हो।

यसअघि बोर्डले ३० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका ८८ जना कलाकार, निर्देशक, प्राविधिक लगायतलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको थियो।

चलचित्रकर्मीको पेशागत सुरक्षालाई ध्यानमा राख्दै बोर्डले यसै आर्थिक वर्षदेखि विशेष श्रेणीमा पर्ने चलचित्रकर्मीका लागि वार्षिक डेढ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा सुविधा र सामान्य चलचित्रकर्मीका लागि ७५ हजार रुपैयाँ बराबरको बीमा योजना लागू गरेको जनाएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   4   =  

Protected by Spam Master