सल्यानटारमा एउटा डुम्रीको बोटमा २० प्रजातिका फरक–फरक वनस्पति

धादिङबेशी । त्रिपुरा सुन्दरी गाउँपालिका वडा न १ स्थित सल्यानटारमा एउटा डुम्रीको बोटमा २० प्रजातिका फरक–फरक वनस्पति देखिएको छ । डिभिजन वन कार्यालय धादिङका डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यका अनुसार डुम्रीको मूल बोटमा स्वामी, काब्रो, बर, पिपल, गिदरी, कुलसिमल, खिर्रो, असुरो, कुटमेरो, हाडे गिदरी, फिजो लहरा, आलुपाते, गिठ्ठा लगायतका वनस्पतिहरु पाइएको हो । साथै, सोही बोटमा तीन प्रजातीका सुनखरी जातका वनस्पती रुखको फेदबाट नाङ्गो आखाले देख्न सकिने छ ।
उक्त रुख रहेको जग्गाधनीका अनुसार, सो डुम्रीको बोट धेरै वर्षअघि उनका पिताले रोपेका थिए । बर्षौँदेखि रुखमा यस्ता विभिन्न बोटहरू देखिँदै आएका थिए, तर यसरी ध्यान दिइएको पहिलो पटक भएको जग्गा धनीले बिहिबार धादिङका संचारकर्मीहरुलाई बताएका छन् ।
बिहीबार डिभिजन वन कार्यालय धादिङका कार्यालय प्रमुख आचार्यको नेतृत्वमा सव–वन डिभिजन कार्यालय सल्यानटारको टोली, स्थानीय बासिन्दा र सञ्चारकर्मीहरूले उक्त रुखको अवलोकन गरेका थिए ।
वन अधिकृत आचार्यले थप जानकारी दिँदै एउटै रुखमा यति धेरै प्रकारका बोटहरू पाइनु अत्यन्त दुर्लभ कुरा भएको भन्दै उक्त रुख स्थानीय जैविक सम्पदाको प्रतीक भएकोले संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक






