सुन ७ सयले सस्तो, चाँदी ४५ रुपैयाँले महँगियो

काठमाडौं । देशभर बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेर २ लाख ३६ हजार ३ सय रुपैयाँमा पुगेको छ। मंगलबार यसै सुनको भाउ २ लाख ३७ हजार रुपैयाँ तोकिएको थियो।
महासंघका अनुसार यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च दरमा पुगेको थियो, प्रतितोला २ लाख ५८ हजार रुपैयाँ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार (नेपाली समय अनुसार बिहान ११ बजे) प्रतिऔंस ३९५८ अमेरिकी डलरमा सुनको कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य भने वृद्धि भएको छ। अघिल्लो दिन २९२० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४५ रुपैयाँले बढेर २९६५ रुपैयाँ पुगेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19888, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ०७:१९महोत्सवमा लेखनाथको सम्झनामा अभिनन्दन
समाचार२०८२ पुष १२, शनिबार २२:३४हेमजा नेवा: खलको अध्यक्षमा सुरेन्द्र श्रेष्ठ
समाचार२०८२ पुष ११, शुक्रबार २२:४८२७ औँ सडक महोत्सव आइतबारदेखि
समाचार२०८२ पुष ११, शुक्रबार १९:४४लेखनाथ महोत्सव सफलता उन्मुख







