धादिङमा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा युवाहरुको उत्साहजनक सहभागिता

धादिङबेशी । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य तीव्र रूपमा अघि बढिरहेको छ । यस अभियानमा युवाहरूको उल्लेख्य सहभागिता देखिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ ।
जिल्ला निर्वाचन अधिकारी शिव गुरुङका अनुसार असोज ९ गतेदेखि कात्तिक ११ गतेसम्म ५०७ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन् । तीमध्ये ७/८ जनाले बाहिरी जिल्लामा मतदान केन्द्र तोकेका छन् । “नयाँ दर्ता गर्नेहरूमा आधिकांश युवानै रहेका छन्,” गुरुङले बताउनुभयो ।
नयाँ नागरिकता लिएर आउनेको संख्या पनि उच्च रहेको बताइएको छ । अघिल्ला वर्षहरूमा मतदाता दर्ताप्रति कम चासो देखाउने युवाहरू यसपालि आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएको कार्यालयले जनाएको छ ।
गुरुङका अनुसार अद्यावधिक प्रक्रियामा मतदाताले नाम, जन्ममिति, नागरिकता नम्बर, बाबु–आमाको नाम, पति वा पत्नीको नाम जस्ता विवरणमा भएका त्रुटिहरू सच्याउन सक्ने व्यवस्था गरिएको छ । “अनलाइनमार्फत पनि आवेदन दिन सकिन्छ, तर फोटो खिचाउने र बायोमेट्रिकका लागि कार्यलयमा उपस्थित हुनुपर्छ,” उहाँले भन्नुभयो । तर, इन्टरनेट र प्रणाली (सिस्टम) चल्न ढिलाइ हुने भएकाले केही कार्यमा ढिलो सुस्ती भएको गुरुङको भनाइ छ । “सबै जनाले घरबाट अनलाइन आवेदन दिन सक्दैनन्, कार्यलयमै आएर अनलाइन फारम भर्दा र फोटो खिचाउँदा समय बढी लाग्ने समस्या आएको छ,” उहाँले बताउनुभयो ।
कार्यालयका अनुसार असोज ९ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि नयाँ दर्ता र विवरण संशोधनको काम भइरहेको हो । १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरेका सबै योग्य व्यक्तिहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुन लागेको हुँदा दर्ता र अद्यावधिक कार्य अहिले प्राथमिकताका साथ भइरहेको कार्यालयले जनाएको छ ।
धादिङमा हाल कुल मतदाताको संख्या २ लाख ६५ हजार ९ सय ९६ पुगेको छ । तीमध्ये १ लाख ३० हजार ५९४ जना महिला, १ लाख ३५ हजार ४०१ जना पुरुष र १ जना अन्य मतदाता रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ कार्तिक १४, बिहीबार १५:५४आइसिसी विश्वकप लिग-२ः नेपालद्वारा युएईसामु २३४ रनको लक्ष्य प्रस्तुत
समाचार२०८२ कार्तिक १४, बिहीबार १५:५४आइसिसी विश्वकप लिग-२ः नेपालद्वारा युएईसामु २३४ रनको लक्ष्य प्रस्तुत
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक १४, बिहीबार १४:४६सुत्केरी हुन अन्यत्र जानुपर्दैन « रिपोर्टर्स नेपाल
समाचार२०८२ कार्तिक १४, बिहीबार ०८:४१गाउँपालिकाद्वारा २ हजार परिवारको सहुलियतमा स्वास्थ्य बिमा








