सहायक हवल्दार गुरुङको हत्याका आरोपी जेल चलान

पोखरा ।
भदौ २४ गते भएको जेनजी आन्दोलनमा प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङको हत्याका आरोपी युवक जेल चलान भएका छन् । कैलाली लम्किचुहाका काठमाडौं बस्दै आएका १९ वर्षीय अनुपम भण्डारी जेल चलान भएका हुन् ।
उनलाई मंगलबार जिल्ला अदालत, काठमाडौंले जेल चलानको आदेश दिएको हो । भण्डारीलाई १३ असोजमा कैलालीबाट प्रहरीले पक्राउ गरेको थियाे । पक्राउ परेका भण्डारीले बयानको क्रममा प्रहरी हत्याको अभियोग स्वीकार गरेका छन् । सहायक हवल्दार गुरुङलाई कार्यालयभित्रै नियन्त्रणमा लिई सडकमा ल्याएर चक्कु हानी हत्या गरेका थिए । प्रहरी सहायक हवल्दार मनीषसिंह ठगुन्नालाई हत्या प्रयास गरेका थिए ।
उनी मेगा कलेजबाट हालै १२ कक्षा उत्तीर्ण गरेका युवक हुन् । आफूले बैंग्लोरमा गएर २ हप्ता क्रिकेटको तालिम लिएको र शान्तिनगरस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा भर्ना भई क्रिकेट सिकिरहेको बताएका छन् ।
गुरुङलाई आन्दोलनकारीले ढुंगामुढा तथा फलामको रड र चक्कुले प्रहार गरेर सडकमा घिसार्दै अचेत र रगताम्मे अवस्थामा पूर्ण रुपमा अचेत भएपछि सडकमा छाडेर आफू कोठा फर्किएको बयान भण्डारीले दिएका छन् ।
गुरुङलाई उपचारका लागि बीएण्डबी अस्पताल ग्वार्कोमा लगेका थिए । सोही दिन दिउँसो पौने ५ बजेतिर उनको मृत्यु भएको अस्पतालले जानकारी गराएको थियो । रुपा गाउँपालिका–५ रामादीका ३१ वर्षीय प्रहरी सहायक हवल्दार गुरुङ प्रदर्शनकारीको आक्रमणमा परेका थिए । गुरुङ ७ वर्षअघि नेपाल प्रहरीमा भर्ना भएका थिए । उनको परिवारमा २२ महिनाको छोरा, श्रीमती, बुबा र हजुरबुबा छन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19910, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १२, मंगलवार १५:५९BPR प्रतिवेदन
समाचार२०८३ जेष्ठ १०, आईतवार २१:२९तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता जेष्ठको तेश्रो साता
समाचार२०८३ जेष्ठ १०, आईतवार १७:१६प्रतिभा मन्टेश्वरीमा ‘मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न
समाचार२०८३ जेष्ठ ९, शनिबार १८:५९नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित







