बाझापाटन सांगीतिक फेस्ट हुने

पोखरा । बाझापाटन १३ (बि१३) को आयोजनामा पोखरामा म्युजिकल फेस्ट २०२५ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ बाझापाटनमा आगामी बुधबार उक्त फेष्ट हुने भएको हो ।
खेलकुद र सामाजिक कार्यमा क्रियाशिल बाझापाटन क्लबको आयोजना तथा सत्य युवा क्लबको प्रस्तुतिमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको बि १३ का अध्यक्ष हितमान गुरुङले जानकारी दिए ।
कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले जानकारी दिए । उनका अनुसार सांगीतिक साँझमा दि लोकल्स, ड्रिर्मज, शैलु राई लगायतको प्रस्तुती रहनेछ । उक्त कार्यक्रमका लागि टिकट शुल्क प्रि–सेल एक हजार र डोर–सेल एक हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
उक्त कार्यक्रमका लागि बाझापाटन (बि १३) हङकङ, युके, युएसए, फ्रान्स, पोर्चुगल, युएई, क्रोशिया, पोल्याण्ड, मकाउ र जापानको सहयोग रहेको छ । रोजगारको शिलशिलामा विदेश पुगेका युवाहरुले आफ्नो ठाउँको विकासका लागि विदेशमा समेत शाखा स्थापना गरि हरेक वर्ष विभिन्न सामाजिक कार्य गर्दै आइरहेको गुरुङले बताए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19906, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १२, मंगलवार २१:१६फोनिज गण्डकीको आयोजनामा समावेशी पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम
समाचार२०८३ जेष्ठ १२, मंगलवार १५:५९BPR प्रतिवेदन
समाचार२०८३ जेष्ठ १०, आईतवार २१:२९तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता जेष्ठको तेश्रो साता
समाचार२०८३ जेष्ठ १०, आईतवार १७:१६प्रतिभा मन्टेश्वरीमा ‘मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न







