उत्तर गण्डकी महामेलामा पोखराबाट बृहत् कार र्याली हुने

पोखरा । स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–१ को सङ्गमस्थल उत्तरवाहिनी क्षेत्र (कालीगण्डकी तट)मा सञ्चालित उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२ मा पोखराबाट यही कात्तिक १४ गते बृहत् कार र्याली गरिने भएको छ ।
कालीगण्डकीको महिमालाई विश्वभर प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवद्र्र्धन गर्ने उद्देश्यका साथ कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा यही असोज २१ देखि कात्तिक १९ गतेसम्म धार्मिक महोत्सव सञ्चालन भैरहेको छ ।
महामेलालाई सफल बनाउने उद्देश्यका साथ पोखराबाट बृहत् कार र्याली गर्न लागिएको प्रचारप्रसार उप समिति कास्कीका संयोजक चन्द्रकान्त बरालले जानकारी दिए ।
कात्तिक १४ गते बिहान ७.०० बजे पोखरा १७ स्थित बराल फिडदेखि सुरु हुने कार र्याली स्याङ्जाको गल्याङ १ मालुङ्गासम्म गरिने जानकारी दिदै उनले उक्त र्यालीमा अधिकत बढी उपस्थित गराउने गरी तयारी भैरहेको जानकारी दिए ।
कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष आचार्य श्री चैतन्यकृष्ण जी महाराजका अनुसार यस महामेलामा विश्वभरिकै गण्डकी एवम् शालग्राम भगवानका प्रेमी जन, विद्वान, सन्त तथा आचार्यहरूद्वारा दिव्य शास्त्र एवम् भक्तिको महिमाले परिपूर्ण कथा श्रवण गर्न पाइनेछ ।
महामेलामा करिब पाँच अरब तुलसीपत्र एवम् पवित्र उत्तरबाहिनी गण्डकी जलद्वारा सवा लाख दिव्य शालग्राम शिलाहरूको अभिषेक एवम् पूजन गरिने उनले जानकारी दिए।
महायज्ञमा भगवान दामोदर, माता गण्डकी, शालग्राम शिला एवम् तुलसी महारानीको नित्य दिव्य महाआरती भैरहेको र विश्वभरका प्रसिद्ध व्यक्तिहरू, धार्मक समाजसेवी, योगीहरू एवम् विशिष्ट वक्ताहरुद्वारा विशेष प्रवचन भैरहेको आयोजकले जनाएको छ ।
महामेलामा उत्तरबाहिनी गण्डकी महास्नान, तीर्थश्राद्ध एवम् उत्तरबाहिनी गण्डकी क्षेत्र परिक्रमा आदि कार्यक्रम पनि सम्पन्न हुने जनाइएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19902, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







