पोखरामा ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’

पोखरा ।
फाइनप्रिन्ट बुक्सको आयोजना र ¥याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।
उत्सवमा ३ वटा सत्रमा छलफल गरिएको थियो । पहिलो सत्रमा सुबिन भट्टराइको पछिल्लो कृति ‘चमेली फूल बैजनी रुमाल’ पुस्तकमाथि लेखक भट्टराईसँग नायिका सनिशा भराईले संवाद गरेकी थिइन् ।
साहित्यकार सुबिन भट्टराईको मष्तिष्कमा लामो समयदेखि खेलिरहेका कथा सुबिन पुस्तकका लागि कथा लेखनमा लागेको बताए । ‘कुनै पनि कथा मष्तिष्कमा लिंगरिङ गरेर बसिरह्यो भने आफूले आफूलाई त्यो विषय लेख्नुपर्छ भनेर निर्देशन दिन्छ,’ सुबिनले पुस्तक लेख्नुअघिको कुरा सम्झिँदै भने, ‘यसमा भएका कथाहरु पनि लामो समयदेखि मेरो मष्तिष्कमा रहेको थियो । पटक्कै जान मानेनन् र अब तैले लेख्नुपर्छ भनेर मलाई महसुस भयो र लेखेँ ।’
पुस्तकमा समेटिएको कथा हरेक मानवको वरिपरि हुने सुबिनको अनुभव छ । ‘कथाहरु हाम्रो वरिपरि नै रहेको सुबिनको अनुभव छ । हामी सबैसँग कथा छ । कसैले लेख्छ, कसैले भन्छ, आआफ्नो कुरा हुने रैछ,’ उनले सुनाए ।
दोस्रो सत्रमा डा. नवराज केसीद्वारा लिखित स्वस्पर्शको स्पर्श पुस्तकमा आधारित रहेर लेखक डा. केसीसँग साहित्यकार उपेन्द्र पौडेलले संवाद गरेका थिए । संवादमा पुस्तकका लेखक डा. नवराज कसी जीवनको उत्तर दिने क्रममा ‘खुसी भेट्नु अलिकति र अरुलाई खुसी दिनु अत्याधिक’ हो भन्नेमा केन्द्रित थिए । आफूलाई आवश्यक परेको बस्तु उहीँ बेला प्राप्त गर्नु नै जीवनको उद्देश्य भएको उनको भनाइ थियो । उनले भने, नहुँदा जति महत्व दिन्छौं त्यो हुँदा खेरी नै त्यसको महत्व दिऔं भन्नु नै जीवनको सबैभन्दा ठूलो उद्देश्य हो ।’
उनले आफ्नो पछिल्लो पुस्तकमा आमाको माया पनि झल्काएको सुनाए । पुस्तक लेख्ने क्रममा उनले धेरैभन्दा धेरैको जीवनका कथा संकलन गरी लेखन सुरु गरेको पनि उनले बताए । ती पात्रहरुकै अनुमतिमा कथा पुस्तकमा समेटिएको उनको भनाइ थियो । जसले गर्दा अन्यले प्रेरणा प्राप्त गर्न सकुन भन्ने उद्देश्य रहेको थियो ।
आफ्नो पुस्तक पढेर निशब्द हुदैं जीवन बदलेको उदाहरण पनि आफूलाई इमेलमार्फत जानकारी गराएको प्रसंग पनि उनले सुनाए । ‘मैले केही दिन यता मेरो इमेलमा धेरै म्यासेजहरु पाइरहेको छु । त्यो मध्ये एउटा बहिनीले लेखेको मन छुने म्यासेज छ, “मैले आत्महत्या गर्न डोरी किनिसकेको थिएँ । स्वस्पर्श पढेँ डोरी हटाएँ र बाँच्न सुरु गरे”, उनले भने, ‘त्यसपछि उनको फेसबुक प्रोफाइल निरन्तर हेररहेको छु उनी नाचेको घुमेको फोटोहरु देख्छु । सायद मलाई संकलकबाट लेखक ती बहिनीले बनायो की जस्तो लाग्छ ।’
उत्सवको अन्तिम सत्रमा पछिल्लो समय प्रकाशित ‘युगदेखि युगसम्म’ पुस्तक माथि राजेश हमालले पत्रकार अपिल त्रिपाठीले संवाद गरे ।
संवादमा अभिनेता हमालले आफ्ना विगतका धेरै कुरा सुनाए । उनीहरुबिचको कुराकानी ‘युगदेखि युगसम्म’ मा आधारित थियो । उक्त पुस्तक राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयायलाई समेटिएर लेखिएको छ ।
उक्त सेसनमा राजेशले आफ्नो व्यक्तिगत जीवनसँगै राजनीतिक अवस्थाको बारेमा पनि चित्रण गरे । उनले राजनीतिमा चासो नराखे पनि राजनीतिले चासो राख्ने उल्लेख गरे । ‘राजनीति एउटा यस्तो जटिल विषय हो । तपाईंले राजनीतिलाई चासो नराखेता पनि राजनीतिले तपाईंलाई चासो राख्छ,’ उनले भने । राजनीति देशको मेरुदण्ड भएकाले कुनै पनि व्यक्ति राजनीतिक घेराबाट उम्किन नसक्ने अभिनेता हमालले बताए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19899, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २७, शनिबार ०६:३९पत्रकार हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने
समाचार२०८३ असार २२, सोमबार ०८:१२फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदुर्शन रञ्जितद्वार ६३ हजार प्रदान
समाचार२०८३ असार २१, आईतवार २०:४६टान गण्डकीद्वारा पर्यटनमन्त्री पौडेलको ध्यानाकर्षण, नयाँ पदमार्ग र टिम्स अनिवार्य कार्यान्वयनको माग
समाचार२०८३ असार २१, आईतवार १२:२९गण्डकी मिडिया समिटमा ‘पत्रकारितामा एआई’ बारे संवाद








