अमेरिकाको न्यु अल्बनी सहरले गर्यो हिन्दू हेरिटेज मन्थको घोषणा

न्यु योर्क – अमेरिकाको न्यु अल्बनी सहरले अक्टोबर महिनालाई हिन्दू हेरिटेज मन्थको रूपमा मनाउने भएको छ । नेपाली समुदायको बाक्लो उपस्थिति रहेको ओहायो राज्यको न्यु अल्बनीमा आयोजित तिहार तथा छठ विशेष कार्यक्रममा मेयर स्लोएन स्पेल्डिंगले यस्तो घोषणा गर्नु भएको हो ।
नेपाल सरकारका अवैतनिक वाणिज्य दूत डा.दामोदर पौडेलको विशेष आतिथ्य रहेको कार्यक्रममा मेयर स्लोएन स्पेल्डिंगले नगरको बहु साँस्कृतिक नीति माथि प्रकाश पार्दै हिन्दू हेरिटेज मन्थको घोषणा पत्र पढेर सुनाउनु भएको थियो ।


भारतीय मूलका नागरिकहरूको समेत सहभागिता रहेको कार्यक्रममा वाणिज्य दूत डा.पौडेलले नेपालमा तिहार, दीपावली र भारतमा दिवाली भनेर मनाइने पर्वले अमेरिकामा विभिन्न समुदाय जोडने सांस्कृतिक पुलको काम गरेको बताउनु भयो । कार्यक्रममा नेपाली मूलकी आरती शर्माको टोलीले भैली सहितका नृत्यहरू प्रस्तुत गरिएको थियो ।

त्यसैसरि भारतीय हिन्दु मन्दिर कोलम्बसमा घाट नै बनाएर नेपाली र भारतीय समुदायले सामूहिक छठ मनाएका छन् ।


नेपालको जनकपुरमै मनाएको जस्तो झल्को दिएको छठ कार्यक्रममा कोलम्बसस्थित स्थानीय अस्पतालमा कार्यरत डा. सज्नु महतोले आफूहरुले जनकपुरमा रहँदा मनाएको जस्तै अनुभव भएको बताउनु भयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ४, शुक्रबार ०७:०९वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
समाचार२०८३ बैशाख ४, शुक्रबार ०६:०३घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ३, बिहीबार २०:१५केएमसीलाई मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा अर्को सफलता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४८पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न







