वक्तृत्वकला प्रतियोगितामा चौथो स्थान हासिल गर्ने सन्ध्या बिक सम्मानित

वक्तृत्वकला प्रतियोगितामा चौथो स्थान हासिल गर्ने सन्ध्या बिक सम्मानित

धादिङ, कात्तिक १४ गते ।
अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा सम्पन्न जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा चौथो स्थान हासिल गर्ने सुन्दरी माध्यमिक विद्यालयकी छात्रा सन्ध्या बिकलाई त्रिपुरासुन्दरी गाउँपालिकाले सम्मान गरेको छ ।

गाउँपालिकाले बिहीबार आयोजना गरेको विशेष कार्यक्रममा अध्यक्ष राजु उप्रेती र उपाध्यक्ष देवराज धरेलले छात्रा बिकलाई नगद सात हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।

कार्यक्रममा वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालय र गाउँपालिकाको नाम उजागर गरेको भन्दै बिकको प्रशंसा गरिएको थियो।

गाउँपालिका अध्यक्ष उप्रेतीले प्रतिभावान विद्यार्थीहरूको हौसला बढाउने उद्देश्यले यस्तो सम्मान कार्यक्रमले प्रेरणा दिने बताउनुभयो ।

त्यसैगरी धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष तथा समाजसेवी टक बहादुर रुवालीले पनि बिकलाई नगद पाँच हजार रुपैयाँ प्रदान गर्नुभएको छ। विद्यार्थीको प्रोत्साहन स्वरुप सहयोग गरिएको रुवालीले जानकारी दिनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   2   =  

Protected by Spam Master