सामाजिक सुरक्षा भत्ता वितरण सेवाग्राहीकै टोलमा

धादिङ,१९ कार्तिक
उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु भएको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वृद्धवृद्धाहरूलाई लक्षित गरी चालु आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको हो ।मंगलबार वडा नं. १ को वडा कार्यालय ताजिम्राङ्बाट भत्ता वितरणको सुरुवात गरिएको वडा नम्बर १ का वडा अध्यक्ष बहादुर तामाङले जानकारी दिनुभयो ।
मंगलबार वडा नम्बर १ मा २ सय ४२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उहाँले जानकारी दिनुभयो । सोही क्रममा कार्तिक १९ गते वडा नं. २, २० गते वडा नं. ३ र २१ गते वडा नं. ४ को वडा कार्यालयमार्फत क्रमशः भत्ता वितरण गरिने कार्यक्रम तय गरिएको बताउनुभयो ।त्यस्तै, अत्यन्त अशक्त र चल्न नसक्ने अवस्थाका वृद्धवृद्धाहरूलाई अवस्था हेरी स्थानीय एसबिआई बैंकका कर्मचारीहरूको सहयोगमा घरमै पुगेर सेवा प्रदान गरिने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
फोटोः पत्रकार नारायण सिलवाल
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र







