धादिङमा पालिका स्तरीय स्वास्थ्य आकस्मिकता योजना निर्माण

धादिङमा पालिका स्तरीय स्वास्थ्य आकस्मिकता योजना निर्माण

धादिङ, कात्तिक १९ गते ।
धादिङ जिल्लामा पालिका स्तरीय स्वास्थ्य आकस्मिकता योजना निर्माण गरिएको छ । जनस्वास्थ्य कार्यालय धादिङको सहजिकरणमा १३ वटै पालिकामा योजना निमार्ण गरिएको हो ।

जनस्वास्थ्य निरीक्षक तोयानाथ छत्कुलीका अनुसार यस आर्थिक वर्षमा नेत्रावती डबजोङ, खनियावास र गंगाजमुना गाउँपालिकामा स्वास्थ्य आकस्मिकता योजना निर्माण गरिएको छ । बाँकी दश वटा पालिकामा गत वर्ष नै निमार्ण भइसकेको थियो ।

स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच, जनशक्ति, स्रोत र आवश्यक सामग्रीको व्यवस्थापनका साथै आकस्मिक तयारी र जोखिम व्यवस्थापनमा सुधार ल्याउने उद्धेश्यले स्वास्थ्य आकस्मिकता योजना निर्माण गरिएको हो ।

स्वास्थ्य शाखामार्फत तयार गरिने यस योजनाले प्रत्येक पालिकामा प्राथमिक स्वास्थ्य सेवाको अवस्था, जनस्वास्थ्य चुनौती, श्रोतको उपयोग र आगामी योजना निर्माण र कार्यान्वयनमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

जनस्वास्थ्य कार्यालयका अनुसार सबै पालिकामा योजना निमार्णसँगै स्वास्थ्य सेवामा पर्नसक्ने महामारी, विपद् जस्ता समस्या सामाधान तथा व्यवस्थापनमा थप प्रभावकारी हुने जनाइएको छ।

धादिङमा पालिका स्तरीय स्वास्थ्य आकस्मिकता योजना निर्माण

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   4   =  

Protected by Spam Master