कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे निरन्तर छलफल

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनबारे निरन्तर छलफल भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहीबार केन्द्रीय कार्यालयमा बसेको बैठकमा नियमित महाधिवेशन गर्ने या विशेष महाधिवेशन कहिले गर्नेबारे छलफल जारी रहेको छ ।
पौडेलले भन्नुभयो, “बैठकमा नियमित अधिवेशन गर्ने कि, विशेष अधिवेशन कहिले गर्ने ? भनेर नेपाली कांग्रेस पार्टीभित्र छलफल भइरहेको छ । छलफल टुङ्गिएपछि नेपाली कांग्रेसले उचित निर्णय गर्छ ।”
बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू— अर्जुननरसिंह केसी, एनपी साउँद, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदिपकुमार सुनुवार, नैनसिंह महर, विनोदकुमार चौधरी, ई. मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिना यादव, उर्मिला नेपाल केसी, रुपा विक, धना खतिवडा, कल्याणी रिजाल, अनिलकुमार रुँगटा र आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते शुक्रबार बिहान ११ः३० बजे पुनः बस्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने









