संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति र समृद्धिको जागरण कार्यक्रम सम्पन्न


२३ कार्तिक, काठमाडौँ ।
प्रेस काउन्सिल नेपालको आयोजना र जीवन विज्ञानको सहकर्यमा आइतबार ‘संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति र समृद्धिको जागरण’ कार्यक्रम सम्पन्न भएको छ । सञ्चारग्राममा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा आउने दुःख र सङ्घर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सहज र सुखमय बन्ने बताउनुभयो । “दुःख जीवनभर रहन्छ, तर सुख क्षणभरको हुन्छ । त्यसैले दुःखमा समेत खुसी हुनसक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । मनमा शान्ति र खुसी हुनु नै जीवनको सुख हो ।” मन्त्री खरेलले भन्नुभयो । उहाँले जीवनमा आउने कठिनाइ र चुनौतीलाई नकारात्मक दृष्टिले नभइ आत्मसन्तुष्टि र सकारात्मक सोचसहित स्वीकार गर्नसके मानसिक शान्ति दीर्घकालीन रूपमा कायम रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जीवन विज्ञानका विशेषज्ञ एलपी भानु शर्माले वर्तमान समयमा नेपालमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्याप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले हरेक राजनीतिक एजेण्डा शान्ति र समृद्धिको भएको उल्लेख गर्दै आफूभित्रको शान्ति खोज्नु आवश्यक रहेको औँल्याउनुभयो । “खुसी कुनै बाहिरी तत्व होइन, त्यो हाम्रो मनभित्र लुकेको छ । आफूभित्रको खुसीलाई कसरी उजागर गर्ने भन्ने कुरा बुझ्न जरुरी छ ।” उहाँले भन्नुभयो । उहाँले प्रत्येक राजनीतिक आन्दोलन वा विद्रोहको आध्यात्मिक लक्ष्य सदाचार र सुशासन रहेको बताउँदै राज्य सञ्चालक र प्रशासकले योग र ध्यानमार्फत सदाचार र सुशासन कायम गर्नसक्ने उल्लेख गर्नुभयो ।
प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रम काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष जोशीले जीवनको सबैभन्दा महत्वपूर्ण पाटो खुसी र सन्तोष रहेको उल्लेख गर्दै प्रत्येक व्यक्तिले आफूभित्रको खुसी महसुस गर्न सिक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्का, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, सहसचिव उदय बहादुर रानामगर काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल लगायत कर्मचारी, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि, जीवन विज्ञानका अभ्यासकर्ता सहभागिता हुनुहुन्थ्यो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/11/09/11222/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १४:३३रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा
समाचार२०८३ भाद्र १०, बुधबार १४:२०गण्डकी सरकारबाट एमालेका चार मन्त्रीले दिए राजीनामा
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन







