नयाँ मतदाता नामावली दर्ता गर्न देशभर युवाहरुको सहभागिता बढ्दै

काभ्रे- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी देशभर नयाँ मतदाता नामावली दर्ता गराउनेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ।
निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता प्रक्रियामा सहभागी हुन गरेको आव्हान र प्रधानमन्त्री तथा अन्य दलका नेताहरुले नयाँ मतदातालाई निर्वाचनमा भाग लिएर लोकतन्त्रले दिएको अधिकारलाई उपयोग गर्ने गरेको आग्रह पछि देशभर नाम दर्ता गराउनेहरुको भीड लागेको हो ।
यसैक्रममा, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी काभ्रेपलान्चोकमा पनि नयाँ मतदाता नामावली दर्ता गराउनेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ।
जिल्ला निर्वाचन कार्यालयमा हरेक दिन नयाँ मतदाता बन्न आउने युवाहरूको लामो लाइन देखिन्छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार असोज १० गतेदेखि हालसम्म २ हजार ८ सय २९ जना नयाँ मतदाता थपिएका छन् । योसँगै जिल्लामा कुल मतदाताको संख्या ३ लाख १३ हजार ३ सय ५० पुगेको छ।
निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गर्ने समयसिमा कात्तिक ३० गतेसम्म तोकेको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा, विशेषगरी नयाँ पुस्ताका युवाहरूमा देखिएको उत्साहले गर्दा मतदाता दर्ता प्रक्रिया तिव्र बनेको हो।
काभ्रेपलान्चोकमा २ प्रतिनिधि सभा निर्वाचन क्षेत्र, ६ नगरपालिका, ७ गाउँपालिका र १३५ वडा रहेका छन् । अघिल्लो निर्वाचनमा जिल्लामा १९० मतदान स्थल र ३८९ मतदान केन्द्र तोकिएको थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसंख्या ३ लाख ६४ हजार ३९ रहेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने









