अदालतको फैसला नआएसम्म आन्दोलन जारी राख्ने ७ दलको निर्णय

धनुषा- मधेसमा आन्दोलनरत ७ दलले मुख्यमन्त्री नियुक्तिको विषयमा सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका छन ।
नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवलाई अवैधानिक तरिकाले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बुधबार चौथो दिन पनि ७ राजनीतिक दलले संयुक्त रुपमा मुख्यमन्त्री नियुक्तिविरुद्ध विरोध प्रदर्शन गरे ।
जसपा नेपाल मधेसका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशमा संवैधानिक व्यवस्थाको ख्यालै नगरी अवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्ति गरिएको र सर्वोच्चको फैसला नआएसम्म शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु जारी राख्ने बताउनुभयो ।
उहाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै मुख्यमन्त्री नियुक्तिको बाटो खुल्ने विश्वास व्यक्त गर्नुभयो ।
धर्नामा नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु सहभागी भएका छन् ।
मङ्गलवार पनि मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरिरहँदा मधेस भवन बाहिर ७ राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने









