पोउवा संघको व्यापार मेलामा जोडियो नेपाल मणिपाल अस्पताल

पोउवा संघको व्यापार मेलामा जोडियो नेपाल मणिपाल अस्पताल

पोखरा । पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण तथा १३ औं क्यान इन्फोटेक २०८२ सँग नेपाल मणिपाल अस्पताल जोडिएको छ ।

३४  औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२’ यही मंसिर १७ देखि २१ गतेसम्म पोखरा ९,नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुँदैछ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा नेपाल मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी निर्देशक अनिल ओडुभिलले मेलामा सहकार्यका निम्ति हस्ताक्षर गरेसँगै अब मेलाको नाम नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक पोखरा २०८२’ हुने भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघका सदस्य तथा सफल व्यवसायीहरुको लगानी नेपाल मणिपाल अस्पतालसँगको सहकार्यले नयाँ सन्देश दिन सफल भएको धारणा राखे ।
‘हाम्रा अग्रजहरुले पोखरालाई शिक्षा,स्वास्थ्य,पर्यटन र व्यावसायिक कृषिको सहरको रुपमा परिकल्पना गरे अनुरुप संघले काम गर्दै आइरहेको छ,’अध्यक्ष कार्कीले भने,‘हामीले आयोजना गर्ने मेला त्यही उद्देश्यमा समर्पित छ । अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित स्वास्थ्य संस्था मणिपालसँग सहकार्यले पोखरालाई स्वास्थ्यको सहर बनाउन थप योगदान दिने छ ।’

संघका अध्यक्ष कार्की पोखराको स्वास्थ्य क्षेत्रले गुणस्तरीय सेवा दिन सके यो विश्वकै मान्छेका लागि आरोग्यता खोज्ने थलो हुनसक्ने धारणा राख्छन् ।

उनी भन्छन्,‘यहाँको हावापानी र प्राकृतिक वातावरणले पनि बिरामीलाई सकारात्मक उर्जा दिन्छ । गुणस्तरीय सेवा दिने हो भने यहाँ उपचारकै निम्ति विश्वभरका पर्यटक आउँछन् ।’ त्यसका निम्ति स्वास्थ्य सेवामा विविधिकरण र विशिष्ठीकरण आवश्यक रहेको उनको भनाइ छ । पोखरालाई आधुनिक चिकित्सादेखि, आयुर्वेद, योग–ध्यानको केन्द्र बनाउन सकिने धारणा राख्दै उनले संघले यो अवधारणालाई जोडतोडले उठाउँदै आएको बताए ।

पोउवा संघको व्यापार मेलामा जोडियो नेपाल मणिपाल अस्पताल

संघका उद्योगतर्फका उपाध्यक्ष दीनेश बास्तोलाका  अनुसार मणिपालसँगको सहकार्यसँगै अन्य व्यावसायिक तथा औद्योगिक घरानाहरु पनि मेलासँग जोडिने उपक्रम जारी छ ।
संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले मेलाको लागि स्टल बुकिङ खुल्ला गरिएको र योपटक सीमित संख्यामा मात्र स्टल राख्ने योजना रहेको सुनाए ।

संघकी महासचिव शोभा गौतमले नेपाली लगानीलाई प्रोत्साहित गर्नु र नेपाली व्यवसायीको मनोवल उकास्नु संघको उद्देश्य भएको चर्चा गर्दै पछिल्लो समय पोखरेलीकै लगानी रहेको नेपाल मणिपाल अस्पतालसँगको सहकार्यले पोखरालाई स्वास्थ्यको सहरको रुपमा चिनाउने धारणा राखिन् ।

नेपाल मणिपाल अस्पतालका प्रमुख कार्यकारी निर्देशक अनिल ओडुभिलले नेपाल मणिपाल कलेज पोखरालाई स्वास्थ्य लाभको केन्द्र बनाउने दिशामा निरन्तर अगाडि बढेको जानकारी गराए । मणिपालले हाल प्रदान गरिरहेको सेवा विश्वस्तरीय रहेको बताउँदै उनले भने,‘हाम्रोमा सस्तो शुल्कमा विश्वस्तरको गुणस्तरीय चिकित्सा सेवा पाइन्छ ।’ नेपाल मणिपाल अस्पतालले पोखरा उद्योग वाणिज्य संघबाट विभिन्न समयमा प्राप्त सहयोगको पनि उनले स्मरण गरे ।

शिक्षा,स्वास्थ्य,पर्यटन र कृषिमा सधैँ जोड

२०४० सालतिर नै पोखरा उद्योग वाणिज्य संघले पोखरालाई शिक्षा,स्वास्थ्य,पर्यटनको सहरको रुपमा विकास गर्ने अवधारणाको अगाडि बढाएको थियो ।  त्यही उपक्रममा शैक्षिक संस्था स्थापना, पर्यटनसँग आवद्ध संघ÷संस्थालाई गोलबछ गर्न पोखरा पर्यटन परिषद्को गठन, पर्यटन उद्योगलाई चाहिने जनशक्ति उत्पादनका लागि तालिम र गोष्ठीको आयोजना एवं पोखरामा सरकारी र निजी क्षेत्रबाट स्वास्थ्य संस्थाहरुको स्थापनाको पहलकदमी थालिएको संघका पूर्वअध्यक्ष अशोक पालिखेको भनाइ छ । उनका अनुसार संघको जर्मन साझेदार एचडब्लुके माइञ्जले समेत यो अभियानलाई सघाएको थियो ।

‘कतिसम्म भने हामीले पोखरामा कति पर्यटक कहाँबाट कसरी आइपुगे र  उनीहरुले के चाहन्छन् भन्ने अध्ययन गरेका थियौँ,’संघका पूूर्वअध्यक्ष पालिखेले भनेका छन्,बाराही घाटदेखि उत्तरतिरको क्षेत्रमा पैदलमार्ग बनाउनुपर्छ र त्यसका निम्ति जग्गा अधिग्रहण गर्ने योजना पनि हामीले बनाएको हो । त्यो बेला करिब ५ करोडले जग्गा अधिग्रहण गर्न सकिन्थ्यो तर सरकारी निकायबाट साथ पाइएन ।’

पोखराको हावापानी र प्रकृति स्वास्थ्यका निम्ति राम्रो भएको र यसलाई स्वास्थ्यलाभको थलो बनाउन सकिन्छ भन्ने कल्पना पनि सोही बेला गरिएको उनले बताए । पोखरा उद्योग वाणिज्य संघले अगाडि सारेको सो नारालाई पछि पोखराका निर्वाचित मेयर कृष्ण थापाले नगरपालिकाकै नारा बनाएको पनि उनको भनाइ छ ।

संघका अर्का पूर्वअध्यक्ष आनन्दराज मुल्मीका अनुसार पृथ्वीनारायण कलेजदेखि पोखरा विश्वविद्यालय,पोखरा बहुमुखी क्याम्पसलगायतका पोखराका सबैजसो शैक्षिक संस्था पोखरा उद्योग वाणिज्य संघकै पहलमा स्थापना भएका हुन् ।

नेपाल मणिपाल कलेजमा पोखराकै प्रतिष्ठित व्यावसायिक समूह बतास अर्गनाइजेसन र अटोवेज प्रालिको लगानी रहेको छ । पोखरा उद्योग वाणिज्य संघले यसअघि नै मणिपाललाई उत्कृष्ट व्यावसायिक सम्मानबाट सम्मानित गरिसकेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20036, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   4   =  

Protected by Spam Master