चलचित्र निर्माता संघको नयाँ नेतृत्वमा उदय सुब्बा

चलचित्र निर्माता संघको नयाँ नेतृत्वमा उदय सुब्बा

काठमाडौँ। चलचित्र निर्माता संघको नयाँ नेतृत्व चयन भएको छ। सोमबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा उदय सुब्बा विजयी भएका छन्। उनले प्रतिस्पर्धी सुनिलकुमार थापालाई २६ मतले पछि पार्दै अध्यक्ष पद हात पारे। सुब्बाले १५३ मत पाउँदा थापाले १२७ मत प्राप्त गरे।

महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भएका छन्। उनले किरण नेपालीलाई पराजित गर्दै १५२ मत ल्याए भने नेपालीले १२५ मत पाए। त्यस्तै, सचिवमा युवराज गिरी विजयी भएका छन्। उनले किसान पोखरेललाई हराउँदै १५९ मत प्राप्त गरे भने पोखरेल ११२ मतमा सीमित रहे।

राजधानीमा संघको १९औं वार्षिक साधारण सभाको क्रममा नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गरिएको हो। नवनिर्वाचित अध्यक्ष सुब्बा एसएस इन्टरटेनमेन्ट प्रालिको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएका थिए।

उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सर्वसम्मत

उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चयन भएका छन्। कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध रूपमा निर्वाचित भए।

सदस्य पदका ९ सिटका लागि ७ जनाले मात्र उम्मेदवारी दिएपछि सबैजना सर्वसम्मत बने। निर्विरोध सदस्यमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित रहेका छन्।

साधारण सभामा निर्वाचन अधिकृतले सर्वसम्मत निर्वाचित पदाधिकारी र सदस्यहरूको औपचारिक घोषणा गरेका थिए।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   1   =  

Protected by Spam Master