धादिङको नेत्रावतीमा उत्कृष्ट विद्यालय र शिक्षक सम्मानित, बिद्यार्थी पुरस्कृत

धादिङबेशी ६,मंसिर । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने बिषय शिक्षक, बिद्यालयलाई सम्मान र उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई पुरस्कृत गरेको छ । शुक्रबार एक भब्य औपचारिक समारोहको आयोजना गरि गाउँपालिकाले शिक्षक,बिद्यालयलाई सम्मान र बिद्यार्थीहरुलाई पुरस्कृत गरेको हो ।
एस. एई. ई. परिक्षा २०८१ को उत्कृष्ट नतिजाको आधारमा बिद्यालयहरुलाई नगद सहित पुरस्कृत गरिएको छ । एस. एई. ई. नतिजाको आधारमा प्रथम हुन सफल निरन्जना माध्यामिक बिद्यालयलाई नगद ९० हजार सहित सम्मान गरिएको छ । दिप्तीय स्थानमा चौतारा माध्यामिक बिद्यालयलाई ७० हजार नगद सहित सम्मान गरिएको छ । तृतिय स्थानमा पर्न सफल महेन्द्र बाराही माध्यामिक बिद्यालयलाई ५० हजार नगद सहित सम्मान गरिएको छ । चौथो स्थानमा कुण्डलादेवी माध्यामिक बिद्यालयलाई ३५ हजार र पाचौ स्थानमा पर्न सफल मंगलादेवी माध्यामिक बिद्यालयलाई ३० हजार नगद सहित सम्मान गरिएको छ ।
त्यसैगरी नेत्रावती डवजोङ गाउँपालिकाले पालिका भित्रका कक्षा १२ को उत्कृष्ट नतिजा ल्याउने महेन्द्र बाराही माध्यामिक बिद्यालयलाई नगद १५ हजार र कक्षा ८ को उत्कृष्ट नतिजा ल्याउन सफल निर्माचोक आधारभुत बिद्यालयलाई नगद १ हजार सहित पुरस्कृत गरिएको छ ।
त्यसैगरी शैक्षिक सत्र २०८१ को कक्षा १० (SEE) को नतिजाको आधारमा निरन्जना माविका नेपाली बिषय शिक्षक सुरेन्द्र केसी,गणीत बिषय शिक्षक घनश्याम शर्मा,सामाजिक बिषयका शिक्षक लक्ष्मी अधिकारी,अर्थसास्त्र बिषयका शिक्षक पार्वती जोशी र अपसनल म्याथका बिषय शिक्षक अनिल यादव सम्मानित हुनुभएको छ । महेन्द्र बाराहि माविका अग्रेजी शिक्षक धुव्रराज घिमिरे,मंगलादेवी माविका बिज्ञान बिषय शिक्षक वेगम गिरी र चौतारा माविका लेखा बिषय शिक्षक मानसिङ तामाङ पनि सम्मानीत हुनुभएको छ ।
कक्षा १० को नतिजाको आधारमा निरन्जना माध्यामिक बिद्यालयका बिद्यार्थी अदिप पन्तलाई पनि पालिकाले सम्मान गरेको थियो । एस ईई परिक्षाको आधारमा नेत्रावती डवजोङ गाउापालिकामा निरन्जना मावि प्रथम,चौतारा मावि द्धिप्तीय,महेन्द्र बाराहि मावि तृतीय,कुण्डलादेवी मावि चौथो र मंगलादेवी मावि पाचौ स्थानमा पर्न सफल भएका थिए ।
कक्षा १० (SEE) मा उत्कृष्ठ विद्यालयको रुपमा निरञ्जना माध्यमिक विद्यालय र कक्षा १२ मा उत्कृष्ठ विद्यालयको रुपमा महेन्द्रबाराही माध्यमिक विद्यालय तथा कक्षा १२ मा उत्कृष्ठ विद्यार्थीको रुपमा महेन्द्रबाराही माध्यमिक विद्यालयका प्रतिमा खत्रीलाई पनि पालिकाले सम्मान गरेको छ ।
नेत्रावती डबजोङ गाउँपालिकाले शैक्षिक सत्र २०८१ को कक्षा ८ को नतिजाको आधारमा उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा निमार्चोक आ.वि.का नेपाली बिषय शिक्षक सरस्वती सिम्खडा पन्त, अंग्रेजी बिषयको शिक्षक सन्तोष गुरुङ,गणित बिषयका शिक्षक अनिल साउँद,सामाजिक बिषयका शिक्षक फुलमाया गुरुङ,विज्ञान बिषयका शिक्षक पपिल थापा मगर, स्वास्थ्य तथा शारिरिक बिषयका शिक्षक युवराज पन्त,कम्युटर बिषयका शिक्षक लक्ष्मी थापा मगर सम्मानित हुनुभएको छ ।
नेत्रावती डवजोङ गाउँपालिकाले पालिका भित्रका उत्कृष्ठ विद्यालयहरुलाई समेत पुरस्कृत गरेको छ । कक्षा ८ को उत्कृष्ट नतिजाको आधारमा निमार्चोक आ. वि. प्रथम, महेन्द्र बाराहि मा. वि.द्वितीय,र निरञ्जना मा. वि.तृतिय स्थान हासिल गरेकोमा सम्मान गरेको हो । त्यसैगरी उत्कृष्ट बिद्यार्थीमा कुण्डलादेवी माविका युनिका श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।
निरन्तर नतिजा राम्रो आइरहेको बेला मेहनत गर्ने शिक्षकलाई थप प्रोत्साहन गर्न पालिकाले यस्तो सम्मान गरेको गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनु भएको छ । सम्मानसंगै गाउँपालिकाले शिक्षकहरूलाई विधालयको समस्या टिपेर गाउँपालिका सम्म ल्याएर समाधान खोज्न भन्दै डायरी र कलमसहित झोला समेत प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले शिक्षा क्षेत्र सुधारका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र आगामी दिनमा अझ प्रभावकारी गतिविधि अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
नेत्रावती डबजोङ गाउँपालिकाका उपाध्यक्ष सीतामाया चोदेन गुरुङले युवालाई रोजगार र अवसरमा जोड्न सके मात्र देश विकासको दिशा अघि बढ्ने बताउनुभयो। “जबसम्म युवा व्यस्त र सक्षम हुँदैनन्, तबसम्म देशको विकास सम्भव हुँदैन,” उहाँले भन्नुभयो। उहाँका अनुसार आगामी वर्षहरूमा गाउँपालिकाले अझ बढी युवामैत्री तथा शिक्षामैत्री कार्यक्रमका लागि बजेट विनियोजन गर्नेछ ।
त्यसैगरी, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले निरन्तर मेहनत र समर्पणका साथ उत्कृष्ट नतिजा ल्याउन सबैलाई प्रेरित गर्न आग्रह गर्नुभयो । उहाँले “आगामी दिनमा ह्याट्रिक सफलता हासिल गर्नेगरी काम गर्न आह्वान गर्नु भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन १०, आईतवार ०८:३३आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०८:२४संखुवासभामा बिहानै भूकम्प
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार ०७:४६बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेन दोबागाउँ अस्पताल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०७:२५दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई












