‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी टिजर सार्वजनिक, भारत–ओभरसिज बजारलाई टार्गेट

काठमाडौँ। आउँदो मंसिर १८ गते रिलिज हुन लागेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी भर्सन टिजर सार्वजनिक गरिएको छ। नेपालीसँगै हिन्दी भाषामा पनि निर्माण भएकाले हिन्दी दर्शकमाझ उत्सुकता बढाउन निर्माण पक्षले टिजर रिलिज गरेको हो।
चलचित्र नेपाल, भारत तथा विश्वभर एकसाथ प्रदर्शनमा आउने भएकाले भारत र ओभरसिज मार्केटलाई लक्षित गर्दै हिन्दी भर्सनको टिजर विशेष रूपमा तयार गरिएको निर्माणपक्षले जनाएको छ।
सार्वजनिक टिजरमा प्रेम, सस्पेन्स, पैसाको खेल, अपहरण, सेयर बाँडफाँडदेखि प्रहरी कस्टडीमा पुगेको एक आरोपीको कथनसम्मका झल्को प्रस्तुत छन्। मुख्य पात्र कसरी अपहरणकारी बन्न पुग्छ भन्ने रोचक मोडलाई टिजरले प्रमुख सस्पेन्सका रूपमा संकेत गरेको छ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।
सुशान्त गौतम निर्देशित चलचित्रमा मदन थापा क्रिएटिभ निर्देशक र मुकेश खनाल लेखक हुन्। चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन्। कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन्। लाइन प्रोड्युसरमा जीवन शाक्य छन्।
यसैगरी, शरद महतोको छायांकन, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादनले चलचित्रको प्राविधिक पक्षलाई मजबुत बनाएको देखिन्छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २१, शनिबार १९:३२एडभान्स एकेडेमीमा प्री-प्राइमरी ग्राजुएसन समारोह भव्य रूपमा सम्पन्न
समाचार२०८२ चैत्र २१, शनिबार १८:५७युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २१, शनिबार ०९:३०कलाकार सागर लम्साल पक्राउ | Celebrity Nepal
खेलकुद२०८२ चैत्र २१, शनिबार ०८:३९पञ्जावको लगातार दोस्रो जित « रिपोर्टर्स नेपाल








