बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल २०२६ ‘द चेन्ज’ चयन

बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल २०२६ ‘द चेन्ज’ चयन

काठमाडौँ। आगामी जनवरी ६ देखि १० गतेसम्म बंगलादेशको बोगुरा शहरमा आयोजना हुन लागेको छैटौँ ‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल २०२६’ (BIFF) मा नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) चयन भएको छ। महोत्सवको अन्तर्राष्ट्रिय समूह तथा इन्टरनेशनल ओपन डोर दुवै सेग्मेन्टमा यो फिल्म छनोट गरिएको छ।

डब्बु क्षत्रीद्वारा निर्देशित ‘द चेन्ज’ यसअघिको दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा समेत उत्कृष्ट उपलब्धि हासिल गरिसकेको छ। जहाँ निर्देशक डब्बु क्षत्रीले उत्कृष्ट निर्देशक, प्रवण भुसालले उत्कृष्ट अभिनेता, र सरिता भारतीले अभिनेत्रीको जुरी अवार्ड जितेका थिए।

२१ मिनेटको यो लघु चलचित्रले नेपाली समाजमा अझै पनि विद्यमान महिनावारीका कारण महिलालाई भान्सा तथा पानीबाट अलग राख्ने, पुरुषलाई छुन नहुनेजस्ता छुवाछुतपूर्ण कुरीतिमाथि प्रश्न उठाएको छ। यस्ता कुरीतिबाट उत्पन्न सामाजिक समस्यालाई यसले गहिराइका साथ प्रस्तुत गरेको छ।

बिलक्षण क्रियसन प्रा.लि.ले निर्माण गरेको ‘द चेन्ज’मा प्रवण भुसाल, अभिनेत्री तथा गायिका सरिता भारती, कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा, सुरज अधिकारीलगायत कलाकारको अभिनय रहेको छ। फिल्ममा रामशरण उप्रेतीको छायांकन, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन तथा ओम सुनारको पाश्र्वसंगीत रहेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   6   =