एनपिएलः आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल

काठमाडौं, मंसिर ११ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटाँै स्थानमा छ ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अङ्क बटुलेको छ । अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








