कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज

काठमाडौं – पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।
पुस २६ देखि २९ गतेसम्म १५औँ महाधिवेशन गर्ने सहमति बनेपछि बैठक बोलाइएको हो।
महाधिवेशनको कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्णयार्थ पेस गर्नुहुने छ।
आइतबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँगको छलफलपछि सहमतिपूर्ण प्रस्ताव तयार गरिएको हो।
यसअघि अलग–अलग प्रस्ताव पेस भएकाले आज कार्यवाहक सभापतिद्वारा एकीकृत प्रस्ताव पेस गरिने स्रोतले जनाएको छ। विमति आए मतविभाजनबाट निर्णय गरिने बताइएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर १६, सोमबार १०:२५कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज
कला, विचार/मनोरञ्जन२०८२ मंसिर १६, सोमबार १०:२२‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक सार्वजनिक, चैत २७ देखि प्रदर्शन
खेलकुद२०८२ मंसिर १६, सोमबार ०८:४६आज ‘रेस्ट डे’ « रिपोर्टर्स नेपाल
समाचार२०८२ मंसिर १५, आईतवार १८:५८जेन-जी आन्दोलनको म्यान्डेट र शहीद परिवारका मागप्रति सरकार गम्भीर छ: प्रधानमन्त्री कार्की








