एसिसी यु–१९ प्रिमियर कपमा नेपाल पराजित, युएईलाई उपाधि

काठमाडौँ, १५ मङ्सिर । संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । नेपाललाई २७ रनले पराजित गरेर आयोजक युएईले उपाधि चुमेको हो ।
फाइनलमा युएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव दुई ओभरमा १२० रनमा समेटियो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४, आशिष लुहार र रोशन विश्वकर्माले समान २५÷२५ रनको योगदान गरे पनि जिताउन सकेनन् । युएईका युग जै शर्मा र अली असगर शम्सले तीन÷तीन विकेट हात पारे ।
यसअघि अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक युएई ४५ दशमलव पाँच ओभरमा १४७ रनमा अलआउट भयो । जसमा अहमद खुदादादले सर्वाधिक ७१ रन जोडे । नेपालका दयानन्द मण्डलले छ, अपराजित पौडलले दुई, कप्तान अशोक धामी र नितेसकुमार पटेलले एक÷एक विकेट लिए ।
यसैबीच नेपाल र युएई एसिया कप खेल्नका लागि भने यसअघि नै छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान थियो । यु–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदैछ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ मंसिर १६, सोमबार १७:३७एसिसी यु–१९ प्रिमियर कपमा नेपाल पराजित, युएईलाई उपाधि
समाचार२०८२ मंसिर १६, सोमबार १७:२८हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर
स्वास्थ्य/जानकारी टिप्स२०८२ मंसिर १६, सोमबार १३:४२बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ मंसिर १६, सोमबार १०:४३म्याग्दीबाट चलचित्र ‘रोल नं. १’ को छायांकन सुरु








