व्यापार मेला सकियो

पोखरा ।पोखराको नयाँबजारमा मंसिर १७ गतेदेखि सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सकिएको छ । पाँचदिने मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरेका हुन् ।
समापनको अवसरमा बोल्दै मेयर आचार्यले रोजगारी सिर्जना गर्नका लागि महानगरले सक्दो प्रयास गरेको बताए । व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत् महानगरले उद्यमशीलता चाहनेहरुको लागि तालिम र परामर्श सेवा प्रदान गरिरहेको उनले बताए । रोजगारी सिर्जना र भौतिक विकासका निम्ति महानगर निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने उनको प्रतिवद्धता थियो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रममा अध्यक्ष गोकर्ण कार्कीले
उद्यमशील व्यक्तिलाई राज्यले संरक्षण र सहयोग गर्नुपर्ने बताए ।
‘राजनीति भनेको पेशा हैन र पेशा र व्यवसाय गर्ने मान्छे नै राजनीतिमा होमिने हो भन्ने हाम्रो मान्यता रहेको छ,’अध्यक्ष कार्कीले भने,‘पछिल्लो समय, बैंकसँग ऋण लिएर व्यापार –व्यवसाय गर्ने,रोजगारी सिर्जना गर्ने मान्छेलाई अपराधी करार गर्ने प्रवृत्ति बढेको छ ।
गएको भदौ २४ गतेलाई हामी बिर्सन चाहन्छौँ तर त्यो बेला ताकी–ताकी, छानी–छानी उद्योगी/व्यवसायीमाथि भएको आक्रमणलाई हामी क्रान्ति हो भन्ने पक्षमा छैनौँ । आइन्दा यस्ता घटना नदोहारिउन् र व्यवसायीले सम्मानपूर्वक बस्ने वातावरण बनोस् भन्ने हाम्रो कामना रहेको छ ।’
पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाको धन्यवाद तथा महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै पोखरा महानगपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले उत्पादकत्व नबढाएसम्म देशले सम्मृद्धि प्राप्त गर्न नसक्ने बताए ।
मेलाको मुख्य प्रायोजक मणिपाल शिक्षण अस्पतालका कार्यकारी निर्देशक अनिल ओडोविलले गुणस्तरीय स्वास्थ्य सेवामार्फत् पोखरालाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन मणिपाल अगाडि बढेको बताए ।
नेपाल पत्रकार महासंघ गण्डकीकी अध्यक्ष जमुना वर्षा शर्माले मेला र महोत्सवमार्फत् स्थानीय उत्पादनको प्रवद्र्धन तथा अर्थतन्त्र चलायमान बनाउन पोखरा उद्योग वाणिज्य संघले विशेष भूमिका खेलेको बताइन् ।
समापनको अवसरमा उत्कृष्ट स्टलतर्फ कस्मिक कम्प्यूटर, उत्कृष्ट झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने नेपाल मगर संघ कास्की र देवीस्थान भजन समूह हेम्जालाई सम्मान गरिएको थियो ।
पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक,कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।
लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप मेला गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजीे तथा पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित रहेको प्रचार–प्रसार संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य मनोहरि पौडेलले जानकारी दिए ।
मेलाअन्तर्गत नै उद्यमशीलता प्रवद्र्धन,लगानी मैत्री नीति निर्माण,नवप्रवर्तन,सूचना प्रविधि,कृषिसँग सम्बन्धित विभिन्न परिसंवाद कार्यक्रम पनि संचालन गरिएको उनले बताए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20166, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ७, सोमबार १४:५९गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ बैशाख ६, आईतवार २२:२९नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभाको तयारी
समाचार२०८३ बैशाख ६, आईतवार १३:०३लेकसाइडमा पर्यटकलाई दुःख हैरानी दिने १६ महिला नियन्त्रणमा
समाचार२०८३ बैशाख ६, आईतवार १२:४६बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ हुने, बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप ऊर्जा मिल्ने विश्वास






