कास्कीका ५ पालिका मध्य पोखरा महानगरमा आत्महत्याको सङख्या बढ्दो सचेतना र मनोपरामर्श गर्न सुझाव

पोखरा २४, मंसिर,
कास्कीका ५ पालिका मध्य पोखरा महानगरपालिकामा आत्महत्याको सङख्या बढ्दो रुपमा रहेकोले यसै सम्बन्धि सचेतना र मनोपरामर्श गर्न बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
कोसिस नेपालले बुधबार पोखरामा आयोजना गरेको ‘आत्महत्या रोकथामका लागि पत्रकार निर्देशिका–२०८०’ सम्बन्धी पत्रकारसँगको छलफलमा सहभागीहरूले कास्कीका पालिकाहरु मध्य पोखरामा बढी आत्महत्याको दर बढी भएकोले यसलाई नियन्त्रण गर्न टोल देखि वडा हुदै सचेतना तथा मनोपरामर्श दिनुपर्नेमा सुझाव दिएका हुन् ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल र मनोपरामर्शदाता सम्झना पौडेलले समाचार मार्फत आत्मघाती व्यवहारलाई निरुत्साहित गर्न सञ्चारमाध्यम जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । साथै आम नागरिकदेखि स्थानीय तहसम्म आत्महत्या रोकथामबारे सचेतना विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।
गत बर्ष कास्कीमा १ सय ४९ जनाले आत्महत्या गरेका छन् । त्यसै गरी कास्कीका ५ वटा पालिका मध्य पोखरा महानगररमा सबै भन्दा बढी आत्महत्या भएको तथ्याङकले देखाएको छ ।
कास्कीका ५ पालिका मध्य पोखरा महानगरमा गत बर्ष १ सय २५ जनाले आत्महत्या गरेकाछन भने सबै भन्दा कम रुपा गाउँपालिका र माछापुच्छ«े गाउँपालिकामा ५/५, मादी गाउँपालिकामा ६ र अन्नपूर्ण गाउँपालिकामा भने ८ जनाको आत्महत्या भएको उक्त कार्यक्रममा सो तथ्याङक सार्वजनिक गरिएको हो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20191, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १४:३३रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन
समाचार२०८३ भाद्र ८, सोमबार १२:२३भिटोफ गण्डकीद्वारा होमस्टे व्यवस्थापन तालिम








