धादिङबेसीमा नेवाः संस्कृतिको उत्सव, सडक खाना महोत्सव आज अन्तिम दिन

धादिङबेसी, २७ मंसिर । नेवार समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान झल्काउने दोस्रो धादिङबेसी सडक नेवाः खाना उत्सव–२०८२ आज समापन हुँदैछ । झिंगु नेवाः समाज धादिङको आयोजनामा दुईदिने उत्सव शुक्रबारदेखि धादिङबेसीको मुख्य बजार बिचबजार क्षेत्रमा सुरु भएको हो ।
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले उत्सवको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख ढुंगानाले यस्ता सांस्कृतिक तथा खानाका उत्सवले स्थानीय पर्यटन प्रवर्द्धनसँगै समग्र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । धादिङबेसीलाई नेवारी भोजनको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनातर्फ संकेत गर्दै उहाँले सबै समुदायका संस्कार र संस्कृतिलाई संरक्षण तथा प्रोत्साहन गर्न नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेवाः संस्कृतिको संरक्षण गर्दै स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले सडक नेवाः खाना उत्सव आयोजना गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । गत वर्ष सम्पन्न पहिलो नेवाः खाना उत्सव अपेक्षाभन्दा बढी सफल भएपछि यस वर्ष कार्यक्रमलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी बनाइएको उहाँको भनाइ छ ।
धादिङबेसी बिचबजार चोकदेखि त्रिवेणी चोकसम्म फैलिएको उत्सवमा योमरी, चटामरी, बारा, समयबाजी, छोइला, सपुमिचा लगायत परम्परागत नेवारी खानाका परिकारको स्वाद लिन पाइने व्यवस्था गरिएको छ । साथै, नेवार समुदायको सांस्कृतिक पहिचान झल्काउने विविध सांस्कृतिक प्रस्तुति र कार्यक्रमहरूले उत्सवलाई थप आकर्षक बनाएको छ ।
‘हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो पहिचान’ भन्ने नारासहित आयोजना गरिएको यस उत्सवले नेवारी खानाका परिकार र पोशाकप्रति युवापुस्ताको आकर्षण बढाउने अपेक्षा आयोजकको छ । नेवारी संस्कृति र खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आर्थिक उपार्जनमा समेत योगदान पुग्ने विश्वास लिइएको छ ।
अध्यक्ष श्रेष्ठले धादिङबेसीवासी तथा बाहिर रहेका सबै नेपालीलाई स्थानीय संस्कृति, पहिचान र व्यापार प्रवर्द्धनमा सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…







