एसिया कपः नेपालले श्रीलङ्कालाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ, २७ मङ्सिर । नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपमा श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ ।
दुबईको द सेभेन्स रङ्गशाला जारी खेलमा श्रीलङ्कासँग निकै कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो ।
श्रीलङ्काका सेथ्मिका सेनेविरत्नले ९.५ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै नेपालको इनिङ्स ध्वस्त पारे । यही मङ्सिर २६ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । नेपाल समूह ‘बी’ मा छ । नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया छन् ।रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २, मंगलवार १०:२४रामप्रसाद खनालको नयाँ शिवभजन सार्वजनिक
खेलकुद२०८३ असार २, मंगलवार ०८:४३उरुग्वे र साउदी अरबबीचको खेल बराबरी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १, सोमबार १४:५१२४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
कला, विचार/मनोरञ्जन२०८३ असार १, सोमबार १२:५४निर्देशक राजबहादुर सानेको ‘गंगा रानी’मा नयाँ हिरोको इन्ट्री









