कालिका देवी आ.वि. को ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला

कालिका देवी आ.वि. को ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला

धादिङबेशी, ५ पौष । धादिङको गंगाजमुना गाउँपालिकामा रहेको कालिका देवी आधारभूत विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला शनिबार सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले शैक्षिक तथा सृजनात्मक कार्यक्रमहरू आयोजना गरेको थियो ।

कार्यक्रम अन्तर्गत कक्षा ३, ४ र ५ का विद्यार्थीहरूबीच अनुच्छेद लेखन प्रतियोगिता सम्पन्न गरिएको थियो । कक्षा ३ का विद्यार्थीहरूका लागि “मलाई मन पर्ने चाडपर्व”, कक्षा ४ का लागि “मेरो जीवनको लक्ष्य” र कक्षा ५ का लागि “हामी र हाम्रो वातावरण” विषयमा अनुच्छेद लेखन प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आफ्ना विचार र सिर्जनात्मक क्षमताहरू प्रस्तुत गरेका थिए । निर्णायक समितिको मूल्याङ्कनका आधारमा कक्षा ३, ४ र ५ तर्फ क्रमशः प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कार्यक्रमकै अवसरमा प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।

वार्षिकोत्सव तथा अभिभावक भेलामा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले यस्ता सृजनात्मक गतिविधिले विद्यार्थीको लेखन क्षमता, सोच र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।

कालिका देवी आ.वि. को ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   4   =  

Protected by Spam Master