रास्वपासँगको छलफलपछि निर्वाचनको वातावरण अझ राम्रो बनेको छ: सञ्चारमन्त्री खरेल

काठमाडौँ- सरकार र रास्वपा सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलबीच आज छलफल भएको छ ।
छलफलमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा केन्द्रित भएको थियो।
सरकारले फागुन २१ गतेको निर्वाचनको विषयमा गरिरहेको तयारीका बारेमा रास्वपालाई जानकारी गराएको थियो भने सभापति लामिछानेले निर्वाचनमा सहभागिताका लागि पार्टीको प्रतिबद्धता व्यक्त गर्नुभएको सञ्चार तथा सूचना प्रबिधि मन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
उहाँले रास्वपासँगको छलफल पछि देशमा चुनावी वातावरण अझ राम्रो बनेको बताउनुभयो ।
लामिछानेलाई अन्याय भएको भन्ने विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री खरेलले प्रतिशोधका कारणले कसैलाई अन्याय गर्ने काम सरकारले नगर्ने उल्लेख गर्नुभयो ।
रास्वपाले जेनजी आन्दोलनका शहीद र घाइतेहरुको बारेमा समेत चासो राखेको थियो ।
छलफलमा प्रधानमन्त्री सुशीला कार्की, सञ्चारमन्त्री खरेल तथा रास्वपा सभापति लामिछाने र अन्य पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ४, शुक्रबार ०६:०३घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ३, बिहीबार २०:१५केएमसीलाई मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा अर्को सफलता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४८पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४१‘महाराजधिराज’मा केकी अधिकारी ‘महारानी’का रूपमा अनुबन्धित








