राम्जा–पोखरा सम्पर्क समाजको अध्यक्षमा तोयनाथ तिमिल्सिना निर्वाचित

पोखरा । राम्जा–पोखरा सम्पर्क समाजको एघारौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ। अधिवेशनले तोयनाथ तिमिल्सिनाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डम्बर बहादुर क्षेत्री, उपाध्यक्षमा सूर्य प्रसाद पौडेल, सचिवमा अर्जुन पौडेल, सह–सचिवमा मिना तिमिल्सिना, कोषाध्यक्षमा हिमाल तिमिल्सिना तथा सह–कोषाध्यक्षमा मोतिलाल गौतम चयन भएका छन्।
यस्तै, सदस्यहरूमा राजेन्द्र शर्मा, राजकुमार केसी, खिमलाल गौतम, प्रकाश तिमिल्सिना, लक्ष्मी नानु गौतम र इन्द्र नेपाली निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समिति संयोजक नवराज पौडेलका अनुसार नवनिर्वाचित कार्यसमितिलाई थप चार जना सदस्य मनोनयन गर्ने अधिकारसमेत प्रदान गरिएको छ। कार्यक्रम राम्जा–पोखरा सम्पर्क समाजकी अध्यक्ष धनेश्वरी पराजुलीको अध्यक्षतामा तथा मोदी गाउँपालिका अध्यक्ष हिरा देवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए भने सचिव तोयनाथ तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए। प्रमुख अतिथि शर्मााले समाजले हालसम्म गरेका सामाजिक तथा संस्थागत उपलब्धिको प्रशंसा गर्दै नवनिर्वाचित कार्यसमितिले अझ सक्रिय र जुझारु भएर समाजसेवामा लागी संस्थालाई थप गतिशील बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा समाजका सल्लाहकार तथा अग्रज व्यक्तित्वहरूले पनि आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए। यसै अवसरमा अध्यक्ष, सचिव तथा कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको जानकारी नवनिर्वाचित अध्यक्ष तोयनाथ तिमिल्सिनाले दिनुभयो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १८, सोमबार २२:५६हलीको पोस्टरले दाङ,नेपालगञ्ज,धनगढी लगायतका अटोमा भरिभराउ
समाचार२०८३ श्रावण १८, सोमबार २०:४६पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १८, सोमबार १५:१०सडकमा पोखियो नर्सहरूको आक्रोश
समाचार२०८३ श्रावण १८, सोमबार १४:१९माइतीघर डुबान समस्यामा दीर्घकालीन समाधानको खोजी गरिँदै









