पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्ब रुपैयाँका सामान भित्रियो

वीरगञ्ज (पर्सा)- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५९ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् ।
गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोड रुपैयाँ बढी मूल्यका सामान आयात भएको हो । जबकि गत आवको पाँच महिनामा भने तीन खर्ब छ अर्ब एक करोड रुपैयाँ मूल्यबराबरका सामान भित्रिएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि उल्लेखनीय वृद्धि भएको बताउनुभयो । चालु आवको पाँच महिनामा ७२ अर्ब २८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ भित्रिएको छ । त्यसैगरी, ३१ अर्ब ६५ करोड रुपैयाँको फलाम तथा फलामबाट बनेका सामान भित्रिएका छन् ।
२४ अर्ब ६० करोड रुपैयाँ मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन्भने २२ अर्ब ८५ करोड रुपैयाँ मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १, मंगलवार २०:४९कमेडी दरबार’ सिजन ३ सुरु, नयाँ कलाकार र सेटसहित फर्कियो शो
समाचार२०८३ बैशाख १, मंगलवार १९:४९धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल र महासचिवमा अर्याल निर्वाचित
समाचार२०८३ बैशाख १, मंगलवार १८:४२अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन
खेलकुद२०८३ बैशाख १, मंगलवार १४:०७ऊर्जा मन्त्रालयले तयार गर्यो नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकको मस्यौदा







