पोखरा–२१ मा बिहीबार सुन्तला महोत्सव , किसान, कृषि र पहिचान संरक्षणमा सर्वदलीय समर्थन

पाेखरा । पोखरा–२१ मा यही बिहिबार आयोजना हुन लागेको सुन्तला महोत्सवको सर्वपक्षीय तयारी बैठक सम्पन्न भएको छ। बैठक वडा अध्यक्ष दीपक प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा नेकपा (एमाले) पोखरा–२१ वडा कमिटीका अध्यक्ष राजेन्द्र थापाले पोखरा–२१ को दोपरे गाउँको पहिचान बनेको सुन्तला र किसानको पसिना, मेहनत तथा आत्मसम्मानलाई उचित मूल्यसहित सम्मान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
उनले पोखरा तथा आसपास क्षेत्रका दाजुभाइ–दिदीबहिनीको सक्रिय सहभागिता महोत्सव सफल बनाउन महत्वपूर्ण हुने बताए।
थापाका अनुसार सुन्तला महोत्सव केवल औपचारिक कार्यक्रम मात्र नभई किसानको उत्पादनलाई बजारसँग जोड्ने, स्थानीय कृषि प्रवर्द्धन गर्ने र रोजगारीका नयाँ सम्भावना सिर्जना गर्ने साझा अभियान हो। यसले पोखरा–२१ को गरिमा अभिवृद्धि गर्नुका साथै कृषि, पर्यटन र स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे।
बैठकमा नेपाली कांग्रेसका सभापति केवल गिरी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष युवराज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष खिमबहादुर शाहीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उपस्थित सबै वक्ताहरूले राजनीतिक मतभेदभन्दा माथि उठेर किसान, कृषि र स्थानीय पहिचानको संरक्षणलाई साझा एजेन्डा बनाउँदै सुन्तला महोत्सवलाई भव्य, मर्यादित र सफल बनाउन पूर्ण प्रतिबद्धता व्यक्त गरे।
बैठकको सहजीकरण वडा सदस्य एवं महानगर लेखा समिति सभापति झपट रानाभाटले गरेका थिए ।
बैठकको अन्त्यमा आयोजक समितिले यही पौष १० गते पोखरा–२१ को दोपरेमा आयोजना हुने सुन्तला महोत्सवमा उपस्थित भई किसानको मेहनतलाई सम्मान गर्न, स्थानीय उत्पादनको प्रवर्द्धन गर्न तथा कार्यक्रमको गरिमा बढाइदिन सबैमा हार्दिक अपिल गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20342, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २८, मंगलवार २३:३२आहा ! रारा गाेल्डकप : आयाेजक सहारा क्लवकाे विजयी सुरुवात,गोर्खा इन्टरनेशनल फुटबल क्लब १-० ले पराजित
समाचार२०८२ माघ २८, मंगलवार १०:२७लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
समाचार२०८२ माघ २७, सोमबार ११:३४भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत
समाचार२०८२ माघ २६, आईतवार २०:४२मंगलबारदेखि शुरु हुने २५ ओैं आहा ! रारा पोखरा गोल्ड कपकाे तयारी पूरा, विजेताले १४ लाख पाउने






