नगरबासीको शिर झुक्ने गरी काम गर्ने छैनः मेयर ढुंगाना

धादिङ,२१ असोज
नीलकण्ठ नगरपालिकाबासीको शिर झुक्ने गरी आफुले कहिल्यै काम नगर्ने नगरपालिका संघका केन्द्रिय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका भीम प्रसाद ढुंगानाले बताउनुभएको छ।आफुले सकेसम्म राम्रो गर्ने तर नराम्रो भने नगर्ने भन्दै उहाँले विगत र वर्तमानमा भएको विकासको काम हेर्नको लागि आग्रह गर्नुभएको छ । संघ र प्रदेशबाट आउने बजेटले नगरपालिकाको विकास गर्न नसकिने भन्दै उहाँले दातृ निकायको सहयोगले मात्र नगरभित्रका ठुला योजना सम्पन्न गर्न सकिएको स्पष्ट पार्नुभयो । आफु नगरपालिकामा बसेर मात्र बजेट नआउने भन्दै उहाँले बजेटको स्रोत खोज्नको लागि व्यस्त रहेको बताउनुभयो । नगरपालिकाकाले गरेको कामको निगरानी गर्नको लागि नगबासीहरुलाई समेत आग्रह गर्नुभएको छ । आफु जनताको सेवक भएर काम गर्न आएको भन्दै उहाँले आफु पदमा रहेपनि नरहेपनि जनताको सेवामा लागिरहने स्पष्ट पार्नुभएको छ ।
नीलकण्ठ नगरपालिबाट भएको सेवा प्रवाह बजेट र गुनासोका विषयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सो कुरा बताउनु भएको हो । नीलकण्ठ नगरपालिकाबाट प्रवाह भएको सेवा तथा आर्थिक बर्ष ०७९ ०८० मा भएका योजना तथा कार्यक्रमहरुको समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाको विकासको लागि खानेपानी,सडक,कृषि,शिक्षा,चक्रपथ निर्माण,करिडोर,पशु विमा तथा दातृ निकायसँगको सहकार्यमा विभिन्न योजनाहरु निर्माणमा आफुले ध्यान दिएको ढुंगानाले बताउनुभयो ।कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा सेवाग्राहीहरुको हितमा रहेर नगरपालिकाले काम गरीरहेको बताउनुभयो । सेवा प्रवाह तथा योजनाहरुको विषयमा ध्यान दिएर आफुले हेरीरहेको भन्दै समृद्ध नगरपालिका बनाउने अभियानमा सहयोग गर्नको लागि समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले नगरपालिका भित्र रहेका विभिन्न खाले समस्याहरुलाई यथार्थ रुपमा बाहिर ल्याएर समृद्ध नगरपालिका बनाउने अभियानमा टेवा पुर्याउन आग्रह गर्नुभयो । विकास निर्माण तथा सेवा प्रवाहको विषयमा कुनै समस्या वा गुनासो भए आफुलाई भन्नको लागि समेत आग्रह गर्नुभएको छ । कार्यक्रममा सहभागीहरुले कार्यक्रमको प्रभावकारीता,कृषि उत्पादन,कित्ताकाट,बन तथा वातावरण,खानेपानी तथा सरसफाई,बजार व्यवस्थापन,बाटोघाटो,पुल,राजस्व संकलन जस्ता विषयमा वक्ताहरुले गुनासो गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासाको जवाफ नगर प्रमुख भीम प्रसाद ढुंगाना,नगर उप प्रमुख दिपक विश्वकर्माले नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोहि अवसरमा प्रहरीले नागरिक सुनुवाई कार्यक्रम समेत सम्पन्न गरेको छ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १९, आईतवार १९:१०‘ताराहरू’मा आशान्तको हाँसो र आँशुको द्वन्द्वपूर्ण लुक्स
समाचार२०८२ श्रावण १९, आईतवार १८:५६बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिह लामाद्वारा राजीनामा
समाचार२०८२ श्रावण १९, आईतवार ११:००अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
समाचार२०८२ श्रावण १९, आईतवार ०७:१५बानियाँ सरकारमा तीन मन्त्री पाउने वचनपछि आज राजीनामा दिँदै लामा