एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम

धादिङ,१२ पुस
विद्यार्थी तथा अभिभावकहरूका लागि मनोसामाजिक समस्या र सकारात्मक सोच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एड्भान्स एकेडेमीको आयोजनामा कक्षा ८,१० र १२ कक्षाका विद्यार्थी र तीनका अभिभावकहरुको लागि एक दिने कार्यक्रम सम्पन्न भएको प्रिन्सिपल भीम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।विद्यार्थी र अभिभावकबीच समन्वय र समझदारी बढाउने र शिक्षण सिकाईमा गुणात्मक बृद्धि गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको श्रेष्ठले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक भीमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम सञ्चालन विद्यालयका भाइस–प्रिन्सिपल नवीन थपलियाले गर्नुभएको थियो ।कार्यक्रमको सहजिकरण नीलकण्ठ नगरपालिकाका सिनियर मनोपरामर्शकर्ता रामकुमार थापाले गर्नुभएको थियो । थापाले बालबालिकामा देखिने विभिन्न मनोसामाजिक समस्याहरू, समस्याका कारणहरू तथा समस्या न्यूनीकरणका उपायहरूबारे सहजिकरण गर्नुभएको थियो ।

विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने करिअर काउन्सेलिङ, सही निर्णय क्षमता विकास, सकारात्मक सोचको महत्व र असल अभिभावकत्वका विषयमा पनि मनोपरामर्शकर्ता थापाले स्पष्ट पार्नुभएको थियो।कार्यक्रमले विद्यार्थीहरूलाई मानसिक रूपमा सबल बनाउन तथा अभिभावकहरूलाई बालबालिकाको भावना, व्यवहार र आवश्यकताबारे बुझ्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…







