विश्वकप खेल्ने १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा

काठमाडौँ- भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।
पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका उदीयमान खेलाडी शेर मल्ल पहिलोपटक नेपालको सिनियर टोलीमा समावेश भएका छन् ।
यस्तै बसिर अहमद पनि नेपालको विश्वकप टोलीमा परेका छन् ।
नेपालको टोलीमा कप्तान पौडेलसहित, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने रहेका छन् ।
त्यसैगरी नन्दन यादव, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा विश्वकपका लागि समावेश छन् ।
टोलीमा राष्ट्रिय टोलिका नियमित सदस्य कुशल मल्ल भने परेका छैनन् ।
तेस्रो पटक टी-२० विश्वकप खेल्दै गरेको नेपाल विश्वकपमा समूह ‘सी’ मा परेको छ ।
कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेका छन् ।
नेपालले इङ्ल्याण्ड विरुद्ध माघ २५ गते पहिलो खेल खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ ।
कुल ५५ खेल हुने विश्वकपको फाइनल फागुन २४ गते हुनेछ ।
नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २१, बिहीबार ०८:४९कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयद्वारा मतदान
समाचार२०८२ फाल्गुन २०, बुधबार २०:०१निर्वाचनको तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन २०, बुधबार १०:२६बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण
खेलकुद२०८२ फाल्गुन २०, बुधबार ०९:१३तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो








