जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले काहुँखोला र कालीखोला अर्मला क्षेत्रमा बाढी तथा कटान नियन्त्रण कार्य गर्दै

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले काहुँखोला र कालीखोला अर्मला क्षेत्रमा बाढी तथा कटान नियन्त्रण कार्य गर्दै

पौष,२३ कास्की जिल्लामा हरेक वर्ष बाढी कटान र सिंचाइ अभावले किसानलाई समस्या हुँदै आएको छ । यिनै समस्याको समधानको लागि जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय , कास्कीले विभिन्न नदि नियन्त्रण तथा सिंचाइ योजना विस्तार गरिरहेको छ ।


पोखरा महानगरपालिका वडा नं. १३ अन्तर्गत पर्ने काहुँखोला क्षेत्रमा बाढी तथा कटान नियन्त्रणका लागि महत्त्वपूर्ण खोला नियन्त्रण कार्य अगाडी बढाएको छ । वर्षायाममा बारम्बार आउने बाढी र खोला कटानका कारण जोखिममा पर्दै आएको काहुँखोला आसपासको बस्ती र संरचना संरक्षणका लागि नियन्त्रण कार्य थालिएको छ । करिब १०० मिटर पम्प वाल खोलाको दुवै किनारमा तटबन्ध निर्माण , ग्याबिन जाली जडान , खोला चौडाइ , व्यवस्थापन तथा पानीको वहाव नियन्त्रण गर्ने कार्यहरु तिव्र गतिमा थालनी भएको डिभिजन प्रमुख रमेश राज शर्माले बताउनुभयो ।


यस योजना ४ करोड ६९ लाखमा ठेक्का सम्झौता भएको थियो भने हालसम्म २ करोड ५१ लाख बजेट निर्माणमा खर्च भइसकेको बताउनुभयो ।
खोलाको धार व्यवस्थित भएपछि बाढीको जोखिम न्यूनिकरण हुने विश्वास गरिएको छ । साथै , यस योजना दक्ष प्राविधिकको निगरानी तथा स्थानीय समुदायको समन्वयमा संचालन भएको छ । योजनाले दिर्घकालिन खोला व्यवस्थापन र सुरक्षित बस्ती विकासमा सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय ,कास्कीले विभिन्न नदि नियन्त्रण तथा सिंचाइ योजना विस्तार गरिरहेको छ । त्यस्तै कालीखोला अर्मला क्षेत्र संरक्षण तथा कालीखोला तटबन्ध योजना कालीखोला अर्मला क्षेत्रसंग सम्बन्धित एक महत्तवपूर्ण योजना भएको बताउनुभयो । बाढी तथा कटानको उच्च जोखिम रहेको कालीखोला अर्मला क्षेत्रको संरक्षणका लागि कालीखोला तटबन्ध योजना निर्माणाधिन अवस्थामा रहेको छ ।

नदि किनारमा तटबन्ध निर्माण , ग्याबिन जाली जडान , नदिको धार व्यवस्थापन तथा कटान नियन्त्रणका कार्यहरु भएको बताउनुभएको छ । यस योजना ८ करोड ४१ लखमा ठेक्का सम्झौता भएको थियो भने हालसम्म ६ करोड २९ लाख खर्च भइसकेको डिभिजन प्रमुख शमाले बताउनुभयो ।


९ चेक ड्यमामध्ये ७ ठाउँ अर्थात् १३५० मिटरमध्ये ९०० मिटरमा ग्याबिन जाली लगाउने काम सम्पन्न भएको छ ।
लामो समयदेखि वर्षायाममा बाढी र कटानको समस्याबाट प्रभावित कालीखोला अर्मला क्षेत्र सुरक्षित हुने अपेक्षा गरिएको छ ।

स्थानीय वासिन्दाको जिउधन , खेतीयोग्य जमिन तथा भौतिक संरचना जोगाउने उद्येश्यले कालीखोला क्षेत्र तथा तटबन्ध योजना अगाडी बढाइएको डिभिजन प्रमुख शर्माले बताउनुभयो ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   4   =  

Protected by Spam Master